ललितपुरमा ३ लाख ६० हजार बढी मतदाता

ललितपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा ललितपुरमा ३ लाख ६० हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने भएका छन् । ललितपुरका ६ वटा स्थानीय तहमा गरी ३ लाख ६४ हजार ८ सय ७४ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ । ६ वटा पालिकामा ६२ प्रमुख र ३८ उपप्रमुखसहित १४ सय १५ उम्मेदवार चुनावी मैदानमा छन् ।

सबैभन्दा बढी २९ वटा वडा रहेको ललितपुर महानगरपालिकामा २ लाख ४३ हजार ८ सय ८४ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए । उनका अनुसार १३ जना मेयर र ११ जना उपमेयरसहित वडा अध्यक्ष र सदस्यसहित कुल ५ सय ८६ जना उम्मेदवार रहेका छन् । यहाँ १ सय ३७ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले जानकारी दिए ।

६२ प्रमुख र ३८ उपप्रमुखसहित १४ सय १५ उम्मेदवार चुनावी मैदानमा

जिल्लामा सबैभन्दा कम कोन्ज्योसोम गाउँपालिकामा मतदाता रहेका छन् । ५ वटा वडा रहेको यहाँ ८ हजार ५ सय ८८ जना मतदाता रहेको निर्वाचन अधिकृत देवकुमारी चौधरीले जानकारी दिइन् । उनका अनुसार ३–३ जना प्रमुख र उपप्रमुखसहित कुल ७९ जना उम्मेदवार यहाँ रहेका छन् । वडा नम्बर १ र ४ मा दलित महिला सदस्यको एकल उम्मेदवारी पर्दा त्यहाँ निर्विरोध भइसकेको छ । १ मा एमाले र ४ मा माओवादीले बाजी मारेको हो । कोन्जोसोममा १२ मतदान केन्द्र तोकिएको छ ।

यस्तै, गोदावरी नगरपालिकामा ५४ हजार ३ सय ९९ मतदाताले ६६ वटा मतदान केन्द्रमा गएर भोट हाल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत शारदा रिजालका अनुसार २१ जना मेयर र १० जना उपमेयरसहित नगर र वडामा गरी कुल ३ सय २३ जनाको उम्मेदवारी परेको छ । गोदावरीमा १४ वटा वडा छन् ।

३६ हजार ६ सय ६३ मतदाता रहेको महालक्ष्मी नगरपालिकामा ९ जना मेयर, ४ जना उपमेयरसहित कुल २ सय २९ उम्मेदवार रहेको निर्वाचन अधिकृत शारदा फुँयालले जानकारी दिइन् । उनका अनुसार १० वटा वडा रहेको सो नगरमा ४३ वटा मतदान केन्द्र रहेको छ ।

यसैगरी ९ हजार १२ मतदाता रहेको महांकाल गाउँपालिकामा ९ जना प्रमुख र ४ जना उपप्रमुखसहित कुल १ सय ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सुशीला ज्ञावलीले जानकारी दिइन् । मतदानका लागि १३ वटा मतदान केन्द्र तोकिएको छ ।

यस्तै, १२ हजार ३ सय २८ मतदाता रहेको बाग्मती गाउँपालिकामा ७ जना प्रमुख र ३ जना उपप्रमुखसहित ९३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नगेन्द्र केशरी पोखरेलले जानकारी दिए । उनका अनुसार ७ वटा वडामा १७ वटा मतदान केन्द्र रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जलेर आत्मदहको प्रयास गरेका घाइते बास्तोलाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
दोस्रो स्थानीय तह निर्वाचन आज