मतदान गर्न युवा पुस्ता उत्साहित

कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँुदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् ।

यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी गर्ने भन्ने’bout जानकारी लिएका छन् ।

निर्वाचन आयोगले मतदान स्थलका साथै निर्वाचन केन्द्रहरूबाटै मतदाता परिचयपत्र वितरण एवं मतदाता शिक्षा दिइरहेको छ । बुधबार र बिहीबार आयोगले यस्तो सेवाको व्यवस्था गरेसँगै मतदान केन्द्रहरूमा बुझ्न युवापुस्ताको सहभागिता बढी रहेको देखिन्छ । नयाँ परिचयपत्रको निवेदन दिएकालाई मतदाता परिचयपत्र वितरणसँग मतदान केन्द्रहरूमा खटेका कर्मचारीले सही तरिकाले मतदान कसरी गर्ने भन्ने’boutमा समेत जानकारी दिएका छन् ।

बाराको कोल्हवीस्थित एक मतदान केन्द्रका मतदान अधिकृत लीला लामाले मतदाता परिचयपत्र लिन आउनेले सही तरिकाले मतदान कसरी गर्ने भन्ने’bout समेत चासो राखेको बताए । आफूहरूले उनीहरूलाई मतदान बदर नहोस् भन्ने ’boutमा जानकारी गराउँदै मतदाता परिचयपत्रसमेत दिएको लामाले बताए ।

‘निर्वाचनमा पहिलोपटक सहभागी भइरहेका नयाँ पुस्ताका मतदाताले यस्तो विषयमा बढी चासो राखेको देखिन्छ । नयाँ पुस्ताका साथै अन्य समूह एवं वर्गका मतदाताले समेत विभिन्न विषयमा जानकारी लिन खोजेका छन्,’ लामाले भने, ‘हामीले उहाँहरूलाई सहयोग गर्दै मतदान बदर नहोस् भन्ने’bout जानकारी गराएका छौं ।’

बिहान १० बजेबाट मतदाता परिचयपत्र वितरणका साथै शुक्रबार हुने मतदानका लागि आवश्यक तयारी गरिरहेको उनले बताए । मतदान’bout बुझ्न आएकालाई नमुना मतपत्रमा मत हाल्न सिकाएको लामाले बताए ।

करैयामाईस्थित मतदान केन्द्रका मतदान अधिकृत रामलोचन साहले मतदाता परिचयपत्रका साथै आफूहरूले मतदाता शिक्षासमेत दिएको बताए । यसअघिको निर्वाचनमा मतदान गर्नेभन्दा पहिलोपटक मतदान गर्न लागेका नयाँ पुस्ताका युवाले आफ्नो मतदान बदर नहोस् भन्ने विषयमा चासो राखेको साहले बताए ।

‘अरू मान्छे पनि आउनुभएको छ । तर, पहिलोपटक मतदानमा सहभागी हुन लागेका नयाँ पुस्ताका मतदाताले बढी चासो दिनुभएको छ,’ साहले भने, मतदान कसरी गर्ने ? मतदान बदर कसरी हुन्छ ? सदर कसरी हुन्छ ? लगायतका विषयमा उहाँहरूको चासो रहेको मैले पाएको छु ।’

मतदाता परिचयपत्र लिन आउने युवाहरूमा मतदान गर्ने उत्साह आफूले पाएको उनले बताए । मतदान गर्न सिकाउँदा उनीहरूको विभिन्न विषयमा चासो रहेको छ । सबै विषयमा उनीहरूले जानकारी लिन खोज्नुले मतदान बदर हुनमा सहयोग पुग्ने उनले बताए ।

कलैयाका अधिवक्ता मनोज साहले आवश्यकताअनुसार मतदाता शिक्षाको व्यवस्था नभएकाले धेरै मतदानपत्र बदर हुन सक्ने सम्भावना रहेको बताए । समयमै नयाँ पुस्तादेखि पुराना पुस्तासम्मका सबै मतदातालाई मतदान’bout जानकारी गराउनु आवश्यक भएको उनले बताए । तर, समयमै त्यस्तो व्यवस्था हुन नसकेका कारण मतदानपत्र बदर हुन सक्ने भएकाले मतदान केन्द्रमै मतादाता शिक्षा दिनुले मतपत्र कम बदर हुनमा सहयोग पुग्ने उनले बताए ।

कलैया मोतिवागका मतदाता अरुण गुप्ताले आफूले सही तरिकाले मतदान कसरी गर्ने भन्ने’bout जानकारी लिएको बताए । देवकीलाल धर्मशालास्थित मतदान केन्द्रबाट आफूले मतदाता शिक्षा लिएको बताए । पहिलोपटक मतदान गर्न लागेका उनी कुरा बढी र काम कम गर्नेलाई मतदान आफूले नगर्ने बताए ।

विकास गर्ने, दुःखसुखमा सहयोग गर्ने, भ्रष्टाचार नगर्ने, आएको बजेटको सही सदुपयोग गर्ने, जनतालाई दुःख नदिने नेतालाई मात्रै मतदान गर्ने गुप्ताले बताए । पार्टीभन्दा पनि राम्रो, सक्षम, योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने उनले बताए । आफ्नो घरपरिवारमा समेत उनले यस्तै सुझाव दिने गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते