आज नरिवल खसाल्ने जात्रा

ललितपुर । ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा बिहीबार मनाइँदै छ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्र्तगत नरिवल खसाल्ने जात्रा लगनखेलस्थित देउला टोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गुठी संस्थान ललितपुर शाखा कार्यालयले जनाएको छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेल पु-याएपछि बिहीबारका लागि नरिवल खसाल्ने जात्रा मनाउने तय भएको थियो ।

लगनखेलमा मत्स्येन्द्रनाथको रथ पु¥याएको चौथो दिनमा नरिवल खसाल्ने जात्रा मनाउने चलन छ । बुधबार रथलाई लगनखेलबाट तानेर नरिवल खसाल्ने देउला टोलमा पु¥याइएको थियो । मत्स्येन्द्रनाथको रथ र मिननाथ रथबाट एक÷एक वटा नरिवल खसालिने परम्परा छ । मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा योमरी खसालेपछि अन्तिममा नरिवल खसालिन्छ । परापूर्वकालमा कर्कोटक नामका नागराजसमेत रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसालेको जात्रा हेर्न गएको किंवदन्ती छ ।

रथको टुप्पोमा गएर यवाँल थकाली पाक आजुले (रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले) अपराह्न नरिवल खसाल्ने परम्परा छ । ३२ हात लामो रथको टुप्पोबाट खसाल्ने नरिवल समात्न सयौं मानिस त्यहाँ जम्मा हुने गर्छन् । एकअर्कामा ठेलमठेल गर्दै उभिएकाबीचमा नरिवल फ्याँकिन्छ । नरिवल खसाल्दा नरिवल पाउनेलाई राम्रो हुने तथा सुख शान्ति मिल्ने जनविश्वास छ । यसैगरी, नरिवल प्राप्त गर्नेलाई पुत्रलाभ हुने जनविश्वास भएकाले नरिवल भेट्टाउन तँछाडमछाड हुने गरेको बुढापाकाको भनाइ छ ।

‘नरिवल प्राप्त गर्नेलाई पुत्र मिल्ने विश्वास छ , पाटनवासी एक वृद्धले भने, ‘नरिवल भेट्टाउन तँछाडमछाड हुन्छ । पाटनका विभिन्न टोलका बासिन्दालगायत सुनाकोठी, ठेचो, चापागाउँ, लुभु, सानागाउँ, ठैव, हरिसिद्धि, बाँडेगाउँ, बुङ्मती, खोकना, लेलेलगायतका स्थानबाट मानिस आउने गर्छन् । नरिवल जात्रा चलिरहँदा बुधबार लगनखेलका ’roundका बासिन्दाले जात्रामा विभिन्न भोज खाएका छन् ।

आफ्ना आफन्तलाई मिठामिठा परिकार खुवाएर उनीहरूले जात्रा मनाएका हुन् । मत्स्येन्द्रनाथको जात्राका क्रममा विभिन्न स्थानमा रथ परिक्रमम गरिरहँदा जुन स्थानमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त र नातागोता र साथीभाइलाई बोलाएर मिठो मसिनो खाएर मनाउने परम्परा छ । थति टोलमा नरिवल खसाल्ने जात्रा मनाएकै दिन बाराहीको देवाली तोक्ने चलन छ ।

थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि शुक्रबार बिहान ६ बजेअघि नै महिलाले रथ तानेर थतिचोक पु¥याउँदै छन् । नरिवल खसाल्ने जात्रा मनाएपछि रथलाई महिलाले तानेर तल्लो टोलमा बिहानै पु¥याउँछन्, गुठी संस्थान शाखा कार्यालय पाटनका प्रमुख हरि सुवेदीले भने, ‘त्यहाँ पुगेपछि देवालीको साइत र त्यसपछि मत्स्येन्द्रनाथको रथलाई जावलाखेल लाने साइत हेरिन्छ ।’

यसअघि रातो मत्स्येन्द्रनाथको पूजा गर्ने क्रममा केही दिन पहिले रातभर पुजारीले महाबलीको पूजा गरेका थिए । यो जात्रामा रातो मत्स्येन्द्रनाथसँगै मिननाथको पनि रथयात्रा हुने गरेको छ । नरिवल खसाल्ने जात्रा सकिएको पहिलो बिहीबार ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 827 times, 1 visits today)

epaper

ताजा समाचार

दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा