मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ


टीकापुर (कैलाली) । बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ स्थित त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट २२ वटा मतदाता परिचयपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले जानकारी दिए । थापाले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचयपत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले बताए ।

उक्त कार्य’bout कर्मचारीले थाहा पाएपछि तत्काल थापालाई पक्राउ गरेको जनाएको छ । २२ मध्ये २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएकाले विकास थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दै