गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित

गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित भएका छन् ।

अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याए भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले गुल्मीले जनाएको छ । नेकपा एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए ।

उपाध्यक्षमा शुसिला पुनले ५ हजार ५८९ मत प्राप्त गरिन । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले बिजयी भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्षमा निर्वाचित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन