धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी


गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चेतमान कुँवर एक हजार सात मतका साथ वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल थापाले ५६२ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा थापा वडाध्यक्ष हुँदा उनकै प्यानलबाट कुँवर वडासदस्य भएका थिए । यसपालि भने कुँवरले थापालाई पराजित गरेका छन् । नयाँगाउँमा कुल एक हजार ६६७ मत खसेको थियो । जसमा १२ मत भएको थियो ।

नयाँगाउँमा एमाले–माओवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका भुपाल पोखरेललाई ९५३ र उपाध्यक्षमा एमालेकी सीता गिरीलाई एक हजार ३ मत प्राप्त भएको छ । त्यस्तै काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र भण्डारीले ५०६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका चन्द्र सुनारले ३५८ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा