मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित


तेह्रथुम । तेह्रथुम/मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादव वहादुर खापुङ निर्वाचित भएका छन् । उनले २ हजार ५५ मत प्राप्त गरि निर्वाचित भएका हुन् । खापुङ निवर्तमान पालिका अध्यक्ष हुन् ।

यसै गरि उपाध्यक्षमा काग्रेसकी गीता देवी तिम्सिना गौतम निर्वाचित भएकी छिन् । उनले १ हजार ९ सय ८६ मत प्राप्त गरेकी थिइन् । उनी पनि निवर्तमान पालिका उपाध्यक्ष हुन् ।

खापुङका प्रतिद्वन्द्वी काग्रेसका धन कुमार लिम्वुले २ हजार २१ मत प्राप्त गरेका छन् । तिम्सिनाकी प्रतिद्वन्द्वी एमालेकी प्रेमलता घिमिरे गौतमले १ हजार ९ सय ७४ मत प्राप्त गरी पराजित भईन् । यसै गरि वडाहरुमा नेपाली एमालेबाट वडा नम्वर १ डम्वर वहादुर लिम्वु, वडा नम्वर ४ मा कविन्द्र लिम्वु, ५ मा दोजराज गौतम र ६ मा प्रदिप बुढाथोकी निर्वाचित भएका छन् । यसै गरि काग्रेसबाट वडा नम्वर २ मा राम वहादुर लिम्वु र ३ मा विनय कुमार शुव्वा निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा