सर्लाही । सर्लाहीका चन्द्रनगर गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजिव सिंह दनुवार विजयी भएका छन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधिमा समेत रहेका दनुवारले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
चन्द्रनगर वडा नं. ४ को सम्पन्न मतगणना परिणाम अनुसार दनुवारले माओवादी केन्द्रका उम्मेदवार जग्दिश साह तेलीलाई पराजित गरेका हुन् । दनुवारले ५३० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी साहले४४१ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यहरुमा माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भएका छन् । वडा अध्यक्ष दनुवारले आफुले पार्टीको लागि धेरै मेहनत, त्याग गरेको तर टिकट बाँडने समयमा आफलाई टिकट नदिएपछि बाध्यताले बागी उम्मेदवार बन्नु परेको बताए ।
आफुले अब वडा नं. ४ मा राम्रो काम गरेर देखाउने र वडालाई नमुना वडा बनाउन आफुले हर सम्भव प्रयास गर्ने दनुवारले बताए । वडा अध्यक्ष दनुवार वडा नं. ४ मा लोकप्रीय युवा भएको उनको समर्थक सरोज सिंहले बताए ।