महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले आठ हजार सात सय ८७ मत प्राप्त गरेकाे बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले छ हजार आठ सय तीन मत, नेपाली काँग्रेसका हरेन्द्र सिंह बिष्टले छ हजार तिन सय १२ राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गरे ।
त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन् । उनले सात हजार पाँच सय ८३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले छ हजार आठ सय ३५, नेपाली काँग्रेसका खिना भण्डारीले छ हजार छ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, प्राप्त गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित भएका छन् । त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पुरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पुरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित हुनु भएको निर्वाचन अधिकृत धामीले बताए ।