डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित


डडेलधुरा । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छन् । मंगलबार अबेर राती सकिएको गणनामा जोशीले ५९४१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय जोगबुडाले जानकारी दिएको छ ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरसिंह माल डायमण्डले ५८०५ मत प्राप्त गरे । जोशी र डायमण्ड बिचको मतान्तर १३६ रह्यो ।

माल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित भएका थिए । साउदले ४६२९ मत प्राप्त गर्दा मालले ४८४ मत प्राप्त गरे ।

सुरूवात देखि नै काँग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा देखिएएको थियो । उप–प्रमुखमा माओवादीका बिमला महताले ५८८५ मत प्राप्त गरी विजयी भएककी छन । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका कलावती बोहराले ४५९३ मत प्राप्त गरिन । उनीहरू बीचको मतान्तर १ हजार २९२ रहेको छ ।

१२ वटा वडा रहेको परशुराममा वडा नं १,४,५,७,९, १० र १२ गरि ७ वडामा माओवादीका उम्मेदवा वडा अध्यक्षमा विजयी हासिल गर्दै माओवादी पहिलो स्थानमा छ । वडा नं २, ३, ६, ८ र ११ गरि ५ वडामा काँग्रेसका वडाअध्यक्ष निर्वाचित भएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 480 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने