कोरना भाइरस’bout प्रहरीको सचेनतामूलक कार्यक्रम

काभ्रेपलाञ्चोक । कोरोना भाइरस (कोभिड १९) का ’boutमा जिल्लामा विभिन्न संघ संस्थाहरुले सचेतना अभियान सञ्चालन गरिरहेका छन् । आइतबार इलका प्रहरी कार्यालय बनेपाले सर्वसाधरणलाई मास्क वितरण गर्नुको साथै सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

समुदायमा साझेदारी प्रहरी कार्यक्रमअन्र्तगतको कार्यक्रम रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । कार्यक्रम’bout बताउँदै प्रहरी निरीक्षक तिमिल्सीनाले भने, ‘विश्वभर फैलिँदै गएको कोरना भाइरसका ’bout सर्वसाधरणलाई जानकारी गराउने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । बनेपाको धेरै चहलपहल हुने स्थान चारदोबाटो चोकमा हेल्प राखेर प्रत्येक सर्वसाधरणलाई चेतनामूलक पर्चा र मास्क वितरण गरिरहेका छौँ ।’

यो कार्यक्रममा प्रहरीलाई विभिन्न स्वास्थ्य संस्थाहरुले सहयोग गरेका छन् । प्रहरी निरीक्षक तिमिल्सीनाका अनुसार यो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बनेपा हेल्थ केयर प्रा.लि, जिल्ला स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयको विशेष सहयोग रहेको छ । तिमिल्सीनाको नेत्तृत्वमा सञ्चालन भइरहेको उक्त कार्यक्रमको पहिलो दिन निकै प्रभावकारी भएको बताइएको छ । पहिलो दिनमै पाँच सय जना सर्वसाधारणलाई पर्चा र माक्स वितरण गरिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पहिलो दिन कोरना भाइस’bout जानकारी लिन आउने व्यक्तिमा उत्साह देखेर प्रहरी हेल्थ डेस्क सञ्चालन गरिएको थियो । प्रहरी सञ्चालनमा ल्याएको हेल्थ डेक्सलाई नियमित बनाउन विभिन्न सरोकारवालाहरुसँग छलफल भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते