फेरि कोरोनाको सन्त्रास

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरका रूपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ । महामारीको मध्यम खतरामा रहेको न्युयोर्क अहिले उच्च खतरामा वर्गीकृत भएको अधिकारीहरूले जनाएका छन् । मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सिर्जना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन् । कोरोना महामारी नियन्त्रणसम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च जोखिमपूर्ण गतिविधि नगर्न र घरबाहिरका गतिविधि पनि कम गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । अमेरिकामा हालसम्म करिब १ करोड ३२ लाख बालबालिका कोभिड–१९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता १ करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ ।

‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड–१९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ । यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ । जसअनुसार यहाँ गएको मे १२ सम्मको पछिल्लो सातामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो ।

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला साताहरूमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ ।

सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको संक्रमण देखिएको जनाएको हो । अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान