भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ


टीकापुर(कैलाली) । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सोमबार सपथ तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित उनले जिल्ला अदालत कैलालीमा सपथ लिएका हुन् ।

यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशन दिँदा समेत उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन रहेको उनले बताए ।

तत्कालीन मोहन्या गाउँपालिका–२ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका उपाध्याय अहिले गठबन्धनका तर्फबाट पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘तत्कालीन वडाध्यक्ष हुँदा भ्रष्टाचारको मुद्दा दायर भएको हो, अहिले उपाध्याय पालिका अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि आयोगले नै उनको सपथ रोक्न लगाएको थियो । तर, कानूनले सपथ खुवाउन मिल्ने अवस्था देखिएपछि उनले सपथ लिनुभएको पनेरुले बताए ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवनिर्वाचित अध्यक्ष उपाध्यायलाई निलम्बन गर्ने पनेरुको भनाइ छ । मोहन्यालको अध्यक्षमा उनले तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट