काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो सोमबार भएको बस आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा उनी घाइते भएका थिए । उनको शरीको ९० प्रतिशत भाग जलेको बताइएको थियो । सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको बताए ।
उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर, दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएका थिए । मृतक चालकले लाइसेन्सको दुरूपयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
बबिता सुत्केरी प्रकरण छानविन गर्न ३ समिति
हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम
काठमाडौंको दुई ठाउँमा छापा, २ हजार ७७० थान भेपसहित चार जना पक्राउ
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
जेनजी आन्दोलनको एक वर्ष: ८४ अर्बको क्षति, पुनर्निर्माण अझै अधुरै
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म






