श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापस्थित कोशी राजमार्गमा सोमबार श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुँनेमा तेह्रथुमको छथर गाउँपालिका–५ की २२ बर्षीया कौशिला चेम्जोङ छन् ।

धनकुटाको मौनावुधुकस्थित माइती/ससुराली पुगेर तेह्रथुमको छथर गाउँपालिकास्थित घर फर्कदै गर्दा बिहान करिब ११ः४५ बजे श्रीमान–श्रीमती सवार को ३४ प ११८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । कौशिलाका श्रीमान ३४ बर्षीय रामकुमार लिम्बुले मोटरसाइकल चलाएका थिए । कौशिला पछाडि सवार थिइन् ।

दुर्घटनामा परी कौशिलाको टाउकोमा गम्भीर चोट लागेको थियो । रामकुमारको हातमा सामान्य चोट थियो । उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भएपनि उपचारकै क्रममा दिउँसो करिब ३ः३० बजे कौशिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

धनकुटाका ट्राफिक प्रहरी हवल्दार दीपक खड्काका अनुसार मुसलधारे पानी परिरहेका बेला अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको अनुमान गरिएको छ । मोटरसाइकल सडकमै पल्टिएको थियो । दुर्घटना पश्चात इलाका प्रहरी कार्यालय भेडेटारबाट घटनास्थल पुगेको प्रहरी नायब निरीक्षक उज्वल शाक्य नेतृत्वको टोलीले घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र