सुदूरपश्चिमका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला जनप्रतिनिधिको काँधमा


धनगढी । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत गत वैशाख ३० गते भएको मतदानको परिणाम सार्वजनिक भएसँगै प्रदेशवासीले नयाँ जनप्रतिनिधि पाएका छन् । जसमध्ये प्रदेशका २ नगरपालिका हाक्ने जिम्मेवारी महिला उम्मेदवारले पाएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिला उम्मेदवार विजयी भएका छन् ।

उनीहरुले विभिन्न योजनासहित पाँच वर्षे कार्यकाल सम्पन्न गर्ने बनाएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाकी नवनिर्वाचित मेयर सुशिला शाहीले आफ्नो स्थानीय तहलाई देशकै नमूना बनाउने बताइन् । ‘स्थानीय तहमा भ्रष्टाचार अन्त्य गर्नेछु । लम्की चुहालाई देशकै पहिलो नमूना बनाउने मेरो प्रयास रहने छ’ उनले भनिन् ।

स्थानीय तहले दिने सेवा सुविधिलाई छिटो छरितो गर्नुका साथै पारदर्शी र जनमुखी बनाउने योजना उनको छ। पाँच वर्षे कार्यकालमा सुशासन कायमदेखि देशकै सुन्दर नगर बनाउने दाबी महिला नगर प्रमुखको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पनि नगर प्रमुखमा महिला उम्मेदवार विजयी भएकी छिन् । पञ्चदेवल विनायक नगरपालिकमा अम्बिका चलाउने निर्वाचित भएकी हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुख भएकी चलाउने अहिले प्रमुखमा निर्वाचित भएकी हुन् ।

उनले आफ्नो स्थानीय तहमा भ्रष्ट्राचार अन्त्य र सुशासन कायम गर्ने बताएकी छिन् । ‘पालिकामा विद्युत विस्तार र सडक सञ्जाललाई प्राथमिकता दिने योजना छ। महिला र बालबालिकाका क्षेत्रमा पनि काम गर्छु,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी दर्ता आज र भोलि