पोखराको स्थगित मतगणना ७ घन्टापछि सुरू

पोखरा । पोखराको स्थागित भएको मतगणना पुनः सुरुआत भएको छ । ७ घण्टासम्म स्थगित भएको गणना सहमतिपछि पुनः संचालन भएको हो ।

पोखरा वडा १८ मा खसेको मत र गणना भएको मत समान नभएपछि नेकपा एमालेले पुनः गणना माग गर्दै निवेदन दिएपछि गणनास्थलबाट प्रतिनिधि फिर्ता बोलाउँदै आन्दोलन थालेको थियो । त्यसपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणनासमेत ७ घण्टासम्म रोकिन पुगेको थियो ।

पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारवाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमतिपछि पुनः मतगणना सुचारु हुने भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जनाएका थिए । पोखरा १८ को हकमा निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उनको भनाइ थियो । अहिले पोखरा २२, ३२ र ३३ को गणना सुचारु भएको हो ।

अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ३ हजार ८ सय १५ मत गणना गर्न बाँकी रहेको छ ।

१ लाख ३९ हजार ४ सय ११ मत गन्दासम्म मेयरमा धनराज आचार्य ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । आचार्यले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाए ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत र नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने