सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो ।

यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान पाएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशमै तेस्रो दल बनेको छ ।

– जसपा मधेसमै तेस्रो

– पाँच प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादी केन्द्र दोस्रो

बुधबार रातिसम्म प्राप्त विवरणअनुसार कांग्रेसले प्रदेश १ मा ६८ पालिकाको नेतृत्व जितेको छ । यस्तै मधेस प्रदेशमा ४५, बाग्मती प्रदेशमा ५८, गण्डकीमा ३६, लुम्बिनीमा ४७, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४० पालिकामा कांग्रेसका प्रमुख÷अध्यक्ष निर्वाचित भएका हुन् ।

यसैगरी, एमालेले प्रदेश १ मा ४७ पालिकाको नेतृत्व हात पार्दा मधेस प्रदेशमा २९, बाग्मतीमा २६, गण्डकीमा ३५, लुम्बिनीमा २७, कर्णालीमा १५ र सुदूरपश्चिममा २५ पालिकामा प्रमुख÷अध्यक्ष जितेको हो ।

यस्तै, माओवादी केन्द्रले प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बाग्मतीमा २७, गण्डकीमा ११, लुम्बिनीमा २५, कर्णालीमा २३ र सुदूरपश्चिममा १४ पालिकाको नेतृत्वमा जित हात पारेको छ । सो परिणामलाई हेर्दा बाग्मती प्रदेश र कर्णाली प्रदेशमा माओवादी केन्द्र एमालेलाई पछि पार्दै दोस्रो भएको हो ।

यसैगरी, प्रदेश १ मा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले गरी ५ स्थानीय तहमा जित हात पारेका छन् भने नेकपा एस र जसपाले प्रदेश १ मा दुई÷दुई पालिका जितेका छन् ।

यस्तै, मधेस प्रदेशमा माओवादी केन्द्रलाई जसपा र लोसपाले पछि पारेका छन् । सो प्रदेशमा जसपा २५ स्थानीय तह जित्दै तेस्रो दल बनेको हो । यस्तै, लोसपा सो प्रदेशमा १४ पालिका जितेर चौंथो दल बन्दा माओवादी केन्द्रले ९ पालिका जित्दै पाँचौं नम्बरमा परेको छ ।

मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीले ६ पालिकामा जित निकाल्दै छैटौं दल बनेको छ भने अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ६ पालिकाको नेतृत्व हात पारेका छन् ।

यसैगरी, बाग्मती प्रदेशमा नेकपा एस पाँच पालिका जितेर चौंथो दल बन्दा अन्य साना दलका उम्म्ेदवार तथा स्वतन्त्रले दुई पालिकाको नेतृत्व हात पारेका छन् । बाग्मतीमा जसपा र लोसपा निल भएका छन् ।

गण्डकीमा नेकपा एसले एक पालिकाको नेतृत्व जित्दा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले दुई पालिकाको नेतृत्व पाएका छन् ।

लुम्बिनीमा जसपाले तीन पालिकाको नेतृत्व हात पार्दै चौंथो दलबन्दा लोसपाले दुई पालिका जितेको छ भने अन्य साना दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले गरी चार पालिकाको नेतृत्व जितेका छन् ।

कर्णाली प्रदेशमा नेकपा एस चार पालिका जित्दै चौंथो दल बन्दा अन्य साना दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले पाँचवटा स्थानीय तहको नेतृत्व हात पारेका छन् ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा नेकपा एसले दुई पालिकाको नेतृत्व जित्दा अन्य साना दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले ६ वटा पालिकामा जित निकालेका छन् ।

बुधबार राति अबेरसम्म प्राप्त परिणामअनुसार कांग्रेसले ३ सय २६ पालिकाको प्रमुख÷अध्यक्ष जितेको छ । यस्तै, एमालेले २ सय ४, माओवादी केन्द्रले १ सय २१, नेकपा एसले २०, जसपाले ३०, लोसपाले १६ तथा ३० वटा पालिकामा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारले प्रमुख÷अध्यक्ष पद जितेका छन् ।

अब ६ वटा स्थानीय तहको परिणाम आउन बाँकी छ । योसँगै स्थानीय तहमा कांग्रेस पाँच वर्षका लागि पहिलो दल बन्ने पक्का भइसकेको छ । एमाले विगतको परिणामबाट एक स्थान तल झर्दै दोस्रो दल बन्ने पक्का भइसकेको छ ।

यसैगरी, माओवादी केन्द्र समग्रतामा देशभर तेस्रो दल बन्दा जसपा चौंथो, नेकपा एस पाँचौं र लोसपा छैटौं दल बन्ने पक्का भएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमाले २ सय ९४ स्थानीय तहमा जित निकाल्दै पहिलो र कांग्रेस २ सय ६६ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकाल्दै दोस्रो दल बनेको थियो । यस्तै, माओवादी केन्द्र २०७४ मा १ सय ६ स्थानीय तहमा जित निकाल्दै तेस्रो बन्दा अहिले पनि उसले सो स्थान सुरक्षित गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता