काठमाडौं । लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलोपटक अन्नपूर्ण फस्र्टको आरोहण गरेको दिन पारेर गरिएको उक्त कार्यक्रमा लेखक सरुभक्त र सीमाविद् मधुसुदन अधिकारले सयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
उक्त कार्यक्रममा सरुभक्त, मधुसुदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उक्तमबाबु भट्टराईले पुस्तक विभिन्न आयाम माथि चर्चा गरे ।
उत्तमबाबु भट्टराईले ‘पन्ध्रौं चुली’ साहित्यकारका लागि खुराक भएको र अध्येता तथा विद्यार्थीलाई सन्दर्भ सामग्री भएको बताए । उनले थपे, ‘हामी कहाँ ६ हजार मिटरभन्दा अग्ला १३ सयभन्दा बढी हिमालहरु छन् तर तिनको गहिरो अध्ययन भएको छैन । तिनको अध्ययन हुनुपर्छ । खिमलाल गौतमको यो पुस्तक त्यस्तो अध्ययनका लागि प्रस्थानविन्दु हुन सक्छ ।’
अर्का वक्ता अधिकारीले भने, ‘सगरमाथाको उचाइ मात्र होइन, गहिराइ पनि छ । लेखक खिमलाल गौतमले सगरमाथाको उचाइ त नापेका नै छन्, त्यसको गहिराइ पनि नापेका छन् ।’
सगरमाथा आरोहण’bout ‘चुली’ उपन्यास लेखेका सरुभक्तले भने, ‘पुस्तक पढ्दै गर्दा मलाई मैले काल्पनिक आरोहीको कथा जुन मैले लेखेको थिएँ, त्यही काल्पनिक आरोही भएर सगरमाथा चढिराखेको झै महसुस गरें । कति ठाउँमा म भावुक भए, कति ठाउँमा रोमाञ्चित ।’ उनले थपे, ‘पन्ध्रौं चुली उच्च कोटीको साहित्य त हो नै, सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणको उच्च कोटीको इतिहास पनि हो ।’
कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारण’bout केही बताए । उनले केही आफ्ना निजी अनुभव पनि सुनाए । ‘पन्ध्रौं चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र ग¥यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यस’bout केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैप-यो भनेर यसमा हात हालेको हुँ ।’
राष्ट्रसेवाका अवसरमा आफू दुईदुई पटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उनको भनाइ छ । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उनले भने, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छ । सगरमाथा’boutका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यस’bout पाठकले पक्कै मूल्यांकन गर्नुहुनेछ ।’
सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुमेका छन् । नेपालमा पर्यटन प्रवद्र्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।
‘पन्ध्रौं चुली’ साहस, जोखिम र सङ्घर्षको यात्रा–कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उनलाई मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।






