काठमाडाैंमा बालेन साह भन्दा कांग्रेस एमाले कमजाेर हुनुकाे कारण ?

स्थानिय तह निर्वाचन हुनु भन्दा पाँच दिन अघि नेकपा एमाले महासचिव शंकर पोखरेलले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरे । कार्यक्रम थियो महासचिव शंकर पोखरेलको सम्पादकसंग अन्तरक्रिया ।

महासचिव पोखरेल निर्धारित समयमै आइपुगे कार्यक्रम समयमै सुरु भयो । स्थानिय तह निर्वाचनमा केन्द्रित भएर उनले कुरा गर्दै भने ‘नेपालमा अब दुइटा मात्रै पार्टी हुने छ । एउटा एमाले अर्को कांग्रेस ।’ नेपाली राजनितीमा अब तेस्रो शक्ति नहुने भन्दै उनले कांग्रेस र एमाले मात्रै अस्तित्वमा रहने र यीनै पार्टीहरुले दुई धारको प्रतिनिधित्व गर्ने अभिब्यक्ति दिए । तेस्रो पार्टीको अस्तित्व नै नदेखेका पोखरेलले स्वतन्त्र उम्मेदवारको भविष्य देख्ने कुरै भएन ।

महासचिव पोखरेलले कुरा राखेपछि प्रश्नोत्तर कार्यक्रम सुरु भयो । स्थानिय निर्वाचनकै सन्दर्भमा थुप्रै प्रश्नहरु गरिएका थिए । कार्यक्रम हुनु भन्दा तीन दिन अघि मात्रै काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित आफ्नै बोलीका कारण सामाजिक सञ्जालमा ट्रोल बनेका थिए । ‘मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तिका कारण बालेन शाहको भोट बढे जस्तो लाग्दैन ?’ भन्ने प्रश्नको जवाफ दिँदै पोखरेलले भने ‘अहँ त्यस्तो हुन्न ।’ उनले जुम्लाको उदहारण पेस गरे । जुम्लामा सांगठनिक रुपमा एमाले भन्दा समाजवादी बलियो भएको तथ्य प्रस्तुत गर्दै त्यहि जुम्लामा अध्यक्ष केपी ओलीको उपस्थितीको प्रसंग सुनाउदै भने । ‘जुम्लामा हामी सांगठनिक रुपमा अलि कमजोरै छौं भन्ने थियो हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली पुग्दा यति ठूलो जनसागर ओइरियो । त्यहि घटनाले देखाउछ हाम्रो पार्टीप्रति असाधारण जनविश्वास छ ।’

एमाले पार्टीप्रति देसैभर असाधारण जनलहर निर्माण भएको दोहो¥याउदै उनले महानगरहरुको चुनावी परिणाम’bout भने ‘तपाईहरुले ५÷६ गते तीर थाहा पाउनुहुन्छ । महानगरहरुमा एमालेले चमत्कार गर्दैछ ।’ महासचिव पोखरेलले भने जस्तै महानगरहरुमा चमत्कार त भयो तर, एमालेले सोचे जस्तो होइन । एमाले शीर्ष नेतृत्वको सामान्य आँकेको बालेन साह (बालेन्द्र) ६१ हजार ७६७ मत ल्याएर मेयरमा विजयी भए भने एमालेका उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मतका साथ तेस्रो स्थानमा चित्त बुझाउन विवस भए ।

युवा पुस्ताप्रति दलहरुको दृष्टि दोष

जव बालेन साहले काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरे । कांग्रेस, एमाले र माओवादी शीर्र्ष नेतृत्वको मष्तिष्कले बालेनलाई उम्मेदवार जस्तो देख्दै देखेन । ‘-याप गाउदै हिँड्ने मधेशी मुलको ३२ वर्षको केटोलाई कसले भोट हाल्छ ?’ गीत गाउनु र राजनिती गर्नु फरक कुरा हो । बालेनको समर्थक भुइतलामा छन् । कांग्रेस र एमालेको मतदाता तेस्रो र चौथो तलामा बस्छन् । फोशबुकबाट भोट आउने हो भने धेरै नेता हुन्थे । यस्ता खालका टिप्पणी कति कति । कांग्रेस र एमालेका कार्यकर्ता मिश्रित छलफल कार्यक्रममा यस्तै टिप्पणी हुन्थ्यो । काठमाडौंमा उम्मेदवार छान्नु अघि गुठीमा कसको पकड कति छ भन्दै हिसाब गर्ने पार्टीहरुले बालेनलाई कमजोर मान्नु अस्वभाविक पनि थिएन ।

अर्को कुरा बालेनको समर्थनमा नेपाली कलाकारहरु झ्याप्पै लागे । एकथरी कलाकार छन्, जो हरेक चुनाव आउने वर्ष पार्टी प्रवेश गर्छन् । त्यसकारण नेपालमा कलाकारको ‘इमेज’ अवसरवादीका रुपमा स्थापित छ । केही कलाकारको पार्टी चहारी हिँड्ने व्यवहारले आम कलाकारप्रति हेर्ने दृष्टिकोण सकारात्मक छैना । कलाकारले राजनितीमा पनि ‘चटक’ देखाउछन् भन्ने भाष्य स्थापित भएको छ । सबै कलाकारलाई एउटै तराजुमा राखेर हेर्नेहरुले बालेनको पक्षमा ‘क्रियटिभ’कलाकर्मी सामेल भएको पत्तै पाएनन् ।

-याप गाउदै हिँड्ने मधेशी मुलको ३२ वर्षको केटोलाई कसले भोट हाल्छ ?’ गीत गाउनु र राजनिती गर्नु फरक कुरा हो । बालेनको समर्थक भुइतलामा छन् । कांग्रेस र एमालेको मतदाता तेस्रो र चौथो तलामा बस्छन् । फोशबुकबाट भोट आउने हो भने धेरै नेता हुन्थे । ‘ यस्ता खालका टिप्पणी कति कति

एमालेबाट उम्मेदवार बनेका केशव स्थापित आफैंमा पुराना राजनितीक व्यक्तित्व थिए भने नेपाली कांग्रेसकी सिर्जना सिंह राजनितीमा खासै खारिएकी पात्र थिइनन् । तर, कांग्रेसलगायत गठबन्धनमा आवद्ध दलका नेताहरुले सिर्जनाको व्यक्तित्व विकासका लागि जुन तर्कहरु पेस गरे त्यसले पटक्कै काम गरेन । सर्वमान्य नेता गणेशमान सिंहकी बुहारी, कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती । श्रीमानको राजनिती सपार्न गृहस्थी सम्हालेर बसेकी कुशल गृहणी । कार्यकर्तासंग सुमधुर सम्बन्ध बनाएकी । यस्तै यस्तै तर्क पेश गरे तर, पार्टी नेतृत्वले गरेको तर्कसंग स्वयं सोही पार्टीका कार्यकर्ता समेत सहमत भैदिएनन् ।

जहाँ ओली पुगे त्यहि कमजोर एमाले

चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशनपछि एमालेले पार्टी प्रवेश अभियानलाई विषेश ध्यान दियो । प्रगतीशिल र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै पार्टी प्रवेश अभियानलाई ब्यापक बनायो एमालेले । तीनै तहका निर्वाचनमा एमालेलाई बहुमत प्राप्त पार्टीका रुपमा स्थापित गर्ने भन्दै एमालेले प्रवेश अभियानलाई क्यालेण्डर बनाएर अघि बढाएको थियो ।
पुसमा महाधिवेशन गर्दा ८ लाख ५५ हजार संगठित सदस्यता भएको एमालेले चैतको पहिलो हप्ता ११ लाख संगठित सदस्य पुगेको दावी ग¥यो । पार्टी प्रवेश अभियानमा अध्यक्ष ओली आफैं सहभागी थिए । मधेशप्रति नकारात्मक टिप्पणी गरेर मधेशप्रति पूर्वाग्रह साँधेको आरोप खेपेका अध्यक्ष ओली चुनावी कार्यक्रमका सीलशिलामा बीरगञ्जमा मात्रै तीनपटक पुगे । पूर्व मेयर विजय सारावागीदेखी विभिन्न स्थानमा सयौं कार्यकर्ता ओलीका हातबाट रातो टिका लगाउदै मुट्ठी कसेर पार्टी प्रवेश गरे । त्यहि बीरगञ्ज हो जहा, एमालेबाट उम्मेदवार बनेका सराबागीले जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले भन्दा २२ हजार ४ सय ५५ कम मत ल्याए । जुम्ला, धनगढी, पोखरा, बुटवललगायतका जिल्लामा चुनावी माहोल ल्याउन भन्दै पुगेका ओली कत्ति प्रभाव पार्न सकेनन् ।

एमालेले पछिल्लो समय अध्यक्ष ओलीको यसरी देवत्वकरण गरेको छ । लाग्छ एमालेमा ओली बाहेक दोस्रो व्यक्ति छँदैछैन । तर, स्थानिय चुनाव केन्द्रित कार्यक्रममा जहाँ जहाँ ओली पुगेका थिए तिनै सवै ठाउँमा एमाले कमजोर भएको पुष्टि भयो । यसको अर्थ अव प्रतिपक्षप्रति कटाक्ष र हावादारी विकासे योजना सुनेर मतदाता रमाउने दिन सकिएको छनक दिन्छ । ओलीका कुरा सुनेर थपडी बजाउनेहरुले पनि भोट हाल्ने बेलामा भने विकल्प रोजेको स्पष्ट देखियो ।

स्याललाई सिंह सम्झिदा

ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जालहरुमा नेकपा सरकारका गलत कार्यका विरुद्ध सर्वसाधारण समेत खरो रुपमा उत्रिए । तत्कालिन प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै भने ‘अब एमाले कार्यकर्ताहरु अरिंगाल बनेर उत्रनु पर्छ ।’ उनको उक्त निर्देशन सामाजिक सञ्जाल केन्द्रित थियो । सामाजिक सञ्जालमा सरकार र एमालेका सिमित नेताहरुको प्रसंसामा ब्यस्त कार्यकर्ताहरुलाई एमाले ओलीको उक्त निर्देशन अचुक अस्त्र जस्तै भयो ।

सामाजिक सञ्जालमा सक्रिय तिनै जमातलाई एमाले नेतृत्वले समाजिक सञ्जालमा सिंहकै स्थान दियो । खासमा सञ्जालमा सक्रिय ति समुहले सरकारले गरेका राम्रा कामहरुलाई तथ्यसहित प्रस्तुत गरेका भए केही प्रभावकारी हुन सक्ने थियो । तर, सञ्जालमा सक्रिय त्यो समुह सिमित एमाले नेताहरुको भक्तिगाथामै सिमित रह्यो । नेतृत्व त्यहि फोस्रो प्रसंसामा रमाइरह्यो । त्यसैको परिणाम अहिले महानगरहरुको निर्वाचन परिणाममा देखिएको छ । एमालेले ‘साइबर सेना’ सम्झेको समुह ‘साइबर स्याल’ भएको पत्तै पाएन । स्याललाई सेना सम्झिइरहयो । त्यसो त सामाजिक सञ्जालमा सिमित नेतालाई देवत्वकरण गर्नेमा नेपाली कांग्रेसका कार्यकर्ता पनि सक्रिय छन् । तिनको पनि त्यहि समस्या छ । जनभावना भन्दा पनि सिमित व्यक्तिको देवत्वकरणमै समय खर्च गरिरहेकाले चुनावमा थेचरिन पुगे ।

गठबन्धनको भ्रम

कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनावी मोर्चामा सहभागी भएका थिए । एमालेले पनि राप्रपासंग तालमेल गरेको थियो ।

गठबन्धन लगत्तै पाँच वर्ष अघि आएको मतपरिणाम विष्लेशण गर्दै कांग्रेस र एमालेले आ आफ्ना गठबन्धनका उम्मेदवारले पाउने भोटको हिसाव गर्दै नोट गरे । स्थानिय तह निर्वाचनमा स्थानियसंग आफ्नो नेता आफैं छान्ने हैषियत छ भन्ने बुझेनन् । विभिन्न पालिकामा मेयरदेखी वडासदस्यसम्म स्वतन्त्रबाट पनि जित्नसक्छन् भन्ने हेक्का भएको भए यो दिन पक्कै आउने थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 571 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व