चापागाउँ (ललितपुर) । गोदावरी प्याब्सन र बज्र एकेडेमीले संयुक्त रूपमा चित्रकला प्रतियोगिता आयोजना गरेका गरेका छन् ।
१७ विद्यालयबाट ३३ विद्यार्थीले भाग लिएको चित्रकला प्रतियोगितामा विलियम पब्लिक स्कुल, सुनाकोठीका सोहेल महर्जन प्रथम, सांग्रिला अन्तर्रास्ट्रिय स्कुल चापागाउँका सविना मोक्तान द्वितीय र चापागाउँकै हिलटप उच्चमाविका विभूति महर्जन तृतीय भएका छन् ।
‘विश्व वातावरण दिवस’को अवसर पारेर झरुवारासिस्थित बज्र एकेडेमीमा आइतबार सम्पन्न प्रतियोगितामा सरस्वती मावि ठेचोका दीपेश नगरकोटी र ठेचोकै सेन्ट पल स्कुलका आदित्य महर्जनले सान्त्वना पुरस्कार पाएका छन् ।
प्रतियोगिताको निर्णायकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)का प्राज्ञ एवं चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारी थिइन् ।
कार्यक्रममा गोदावरी प्याब्सन अध्यक्ष कृष्णहरि महर्जन, साहित्यकार रत्न विरही घिमिरे, कलाकार सुरेम देशारलगायतले सहभागिता जनाएका छन् ।
यसैगरी, चापागाउँस्थित बज्रबाराही माविले पनि ‘विश्व वातावरण दिवस’को अवसर पारेर ‘वन्ली वान अर्थ’ शीर्षकमा आफ्ना सात विद्यार्थीबीच आन्तरिक चित्रकला प्रतियोगिता गरेको छ । सो विद्यालयले वृक्षरोपण तथा सरसफाइ कार्यक्रमसमेत गरेको छ ।