जो महिला प्रदेश १ को नेतृत्वमा छन्


‘महिलालाई घरबाटै नेतृत्व गर्न सक्ने बनाउनुपर्छ, लैङ्गिक विभेद गर्नुहुँदैन’

इटहरी । जनताबाट अनुमोदित महिला संख्या नेतृत्वमा पुग्नेक्रम बढ्दो छ । नीति निर्माणदेखि कार्यान्वयनसम्म नेतृत्व लिनेक्रम बढिरहँदा उनीहरूको चेतनास्तर वृद्धि र आत्मबल झनै चुलिँदै छ । गएको स्थानीय तह निर्वाचनमा कतिपय महिला पहिलोपटक जनप्रतिनिधि भए भने कतिपय यसअघि नै उपप्रमुख/उपाध्यक्ष चलाइसकेका नेतृ छन् ।

प्रदेश १ का १४ जिल्लाका १ सय ३७ स्थानीय तहमध्ये यसपटक ६ स्थानमा स्थानीय सरकारको नेतृत्व महिलाले नै गरेका छन् । यीमध्ये तीन वटामा नेपाली कांग्रेस, दुईमा नेकपा एमाले र एउटा पालिकामा नेकपा माओवादी केन्द्र विजयी छन् ।

संवैधानिक प्रावधानअनुसार राजनीतिक दलले पालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमध्ये एक महिला उम्मेदवार बनाउनुपर्छ  । तर, दलहरूले प्रायः उपप्रमुख/उपाध्यक्षमा मात्रै महिलालाई उठाउने गरेका छन् । अझ यसपटक त गठबन्धन गरिएका पालिकामा भने प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा पुरुषलाई अघि सारिए । यसबाबजुद चेतनास्तर वृद्धि भएकै कारण महिलाले सशक्त रूपमा दाबेदारी प्रस्तुत गरेकैले राजनीतिक दलले समेट्दा प्रदेशभरबाट ६ जनाले नेतृत्व गर्ने अवसर पाए ।

यसपटक मोरङ कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेबाट राजमती इङ्नाम निर्वाचित भएकी छन् । कानेपोखरी–६ की उनी राजनीतिमा आउनुअघि सामाजिक गतिविधिमै सक्रिय थिइन् । १० वर्षे द्वन्द्वमा माओवादीका कार्यकर्ताको हावी थियो । त्यसताका उनले पार्टीलाई मजबुत बनाउन मुख्य भूमिका निर्वाह गरिन् । हाल, नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य रहेकी उनी यसअघि २०७४ को निर्वाचनमा उपाध्यक्षसमेत थिइन् ।

‘पाँच वर्षअघिदेखि उपाध्यक्ष भएर काम गरें, त्यसक्रममा असहज भएन, अहिले पार्टीले पत्याएर टिकट दियो,’ इङ्नाम भन्छिन्, ‘जनताले विश्वास गरेर अध्यक्षमा जिताउनुभयो । अब नीति निर्माणदेखि विकास र सुशासन काममा मुख्य भूमिका निर्वाह गर्नेछु, काम गर्न चुनौती छन्, तर असहज हुन्छजस्तो लाग्दैन । शिक्षा, स्वास्थ्यजस्ता कुरा प्राथमिकतामा राखेका छौं ।’

कतिपयले ‘महिलाले काम गर्न नसक्ने’ भन्दै निरुत्साहित गर्ने गरेको स्मरण गर्दै इङ्नाम थप्छिन्, ‘महिलाले काम गर्न सक्दैन भनेर धेरैले भन्छन्, त्यो कुराले असर गर्दैन ।’ कार्यपालिका टिम र कर्मचारीसँग समन्वय गरी दीगो विकासका लागि कार्ययोजना अगाडि बढाउने उनको योजना छ । ‘कुनै स्वार्थ नगरी काम गर्दा के गाह्रो हुनु, सबैको सहयोगबाटै काम हुन्छ,’ इङ्नामको विश्वास छ ।

आफ्नो कार्यकालमा महिलालाई पनि दक्ष बनाउन महŒवपूर्ण कार्यक्रम गर्ने इङ्नाम सुनाउ“छिन् । ‘मेरो उद्देश्य र लक्ष्य महिलालाई नेतृत्वकारी भूमिकासम्म पु¥याउनु हो,’ मोरङकै एकमात्र पालिका अध्यक्ष उनी भन्छिन्, ‘स्थानीयस्तरमा रहेर जनताका गुनासा, समस्या र चाहना मध्यनजर गर्दै जनताकै सहयोगमा काम गर्दा सन्तुष्टि मिल्छ, त्यसअनुसार काम गर्ने लक्ष्य लिएकी छु ।’

झापा गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसकी फूलवती राजवंशी निर्वाचित भइन् । उनको राजनीतिक पृष्ठभूमि भने रोचक छ । २०७० मा कांग्रेसले प्रतिनिधिसभाका लागि उनलाई टिकट दियो । तर, आर्थिक अभावका कारण ‘चुनाव लड्न नसक्ने’ बताउँदै उनले टिकट फिर्ता गरिन् । उनको भागको टिकटबाट रामकुमारी पौडेलले चुनाव लडिन् ।

२०७४ पनि स्थानीय निर्वाचनमा राजवंशीले नै अध्यक्षको टिकट पाइन् । २ सय ८७ मतले पराजित उनलाई यसपटक पुनः पार्टीले टिकट दिएपछि विजयी बनिन् । महिलालाई सक्षम बनाउन भूमिका निर्वाह गरेकी उनले नेविसंघबाट राजनीति सुरु गरेकी हुन् । नेपाल महिला संघ हुँदै पार्टीे तल्लो तहबाट राजनीतिमा उदाएकी उनी कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

‘शपथग्रहण सकेर कार्यालय प्रवेश भएको धेरै दिन भएको छैन,’ राजवंशी भन्छिन्, ‘हामीले पहिलो निर्णयबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई ११ र १२ कक्षामा निःशुल्क पढाउने भएका छौं,’ काम गर्न थुप्रै चुनौती रहे पनि कार्ययोजना बनाएर अघि बढ्ने बताउ“दै उनले भनिन्, ‘योजना’bout कार्यपालिकाको बैठक बस्न बाँकी नै छ, चुनौती थुप्रै छन्, बृहत् छलफल गरेर महŒवपूर्ण निर्णय गर्ने तयारीमा छौं । विकास निर्माण कार्यमा पनि सहकार्य गरेर अगाडि बढ्ने छौं ।’

‘संघर्ष र त्याग’कै कारण पालिका अध्यक्ष निर्वाचित भएको बताउने राजवंशी ‘निरन्तर संघर्ष र साहसले नेतृत्वमा पुगेको’ बताउ“छिन् । गौरीगन्जका अल्पसंख्यक राजवंशी र सन्थाल समुदायको अधिक बसोबास क्षेत्र भएकाले उनीहरूको उत्थान हुने काम गर्ने उनको प्रतिबद्धता छ ।

नेकपा एमालेबाट झापाकै बिर्तामोड नगरपालिका प्रमुखमा पवित्रादेवी महतारा निर्वाचित भइन् । बिर्तामोड झापाकै ठूलो र पूर्वको महŒवपूर्ण सहर हो । महतराले पछिल्लो समय ‘महिला पनि नेतृत्वमा आउनुपर्ने’ उदाहरण दिँदै भनिन्, ‘महिलले नेतृत्वमा पुग्न घरैबाट सुरु गर्नुपर्छ, हामीले नेतृत्व गर्न सक्दैनन् भन्ने सोचमात्रै हो, महिलाको व्यवस्थापन पक्ष पुरुषको भन्दा राम्रो हुन्छ ।’

२०७४ को निर्वाचनमा उपप्रमुख रहेकी महताराले प्रमुख भएपछि बिर्तामोडको जिम्मेवारी आफ्नो काँधमा आएको बताइन् । ‘बिर्तामोड नगरपालिकामा ठूलो जनसंख्या छ, यो जनसंख्या बढ्ने नगरपालिका पनि हो,’ उनले भनिन्, ‘पहाडी भूभागबाट बसाईसराई गरेर आउने धेरै छन्, पूर्व–मेचीदेखि पश्चिम महाकाली र भारतका विभिन्न प्रान्तबाट मानिस आउँछन्, उनीहरूको व्यवस्थापनका लागि चुनौती छ ।’
बिर्तामोड ढिलो नगरपालिका घोषणा भएकाले बाटोको मापदण्ड नपुगेको, घरनक्सा पास नभएको अवस्था रहेकाले थुप्रै चुनौती रहे पनि ‘त्यसलाई फेस गर्न आफू तयार रहेको’ उनले सुनाइन् । ‘चुनौतीको विकल्प खोज्ने र समस्या समाधान गर्ने प्रयासमा छौं,’ उनले थपिन्, ‘सरोकारवालासँग छलफल गरेर काम गर्नेछौं, उत्कृष्ट नगर बनाउने प्रयास जारी छ ।’ बिर्तामोडमा अब बन्ने सपिङ मल तथा पार्किङ समस्या समाधानका निम्ति नीति बनाउने काम सुरु भइसकेको पनि उनले सुनाइन् ।

‘योजना बनाउने, निर्णय गर्ने र कार्यान्वयन गर्ने हो, यसमा लैंगिक विभेद हुँदैन,’ पुरुष महिला उत्तिकै रहेको तर्क गर्दै उनले भनिन्, ‘निर्णय जसले पनि गर्न सक्छ, त्यसलाई कार्यान्वयनमा लैजाने हो, महिलाले गर्न नसक्ने काम केही पनि हुँदैन ।’ विगतमा महिलालाई साधन, स्रोतबाट बञ्चित गराइए पनि ‘अब आफू नेतृत्वमा आइकन भने विधिअनुसार अगाडि बढ्ने’ उनको बाचा छ ।

खोटाङ जन्तेढुंगा गाउँपालिकामा अरुणादेवी राई निर्वाचित भएकी छन् । पूर्वलडाकुसमेत रहेकी उनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट विजयी भएकी हुन् । हाल, माओवादी केन्द्रनिकट किराती राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रीयस्तरकी नेतृसमेत छिन् । गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै उनी विजयी भएकी थिइन् । २०७४ को निर्वाचनमा अरुणा अध्यक्षमा उनै शंखरबहादुरसँग पराजित भएकी थिइन्, उनी ।

‘हामी शिक्षा, स्वास्थ्यजस्ता पक्ष प्राथमिकतामा राखेर काम गर्ने तयारी छौं,’ राई भन्छिन्, ‘काम गर्नका लागि थुप्रै चुनौती छन्, असहजता छ, यद्यपि यहाँको विकासका निम्ति नीति बनाएर काम गर्ने योजनामा छौं ।’

नेपाली कांग्रेसबाट खोटाङकै हलेसी तुवाचुङ नगरपालिकामा विमला राई निर्वाचित भएकी छन् । एमाले र माओवादीको अघोषित गठबन्धनविरुद्व सहज जीत निकाल्दै उनी प्रमुख भएकी हुन् । यसअघि, २०७४ मा उपप्रमुख रहेकी उनी यसपटक आफूलाई ‘अपग्रेड’ गर्दै अध्यक्षमा टिकट पाएर निर्वाचित भइन् ।

कांग्रेस प्रदेश समिति सदस्यसमेत रहेकी राईले कार्ययोजना बनाएर काम गर्ने बताइन् । ‘यसअघि पनि जनप्रतिनिधि भएर काम गरेको अुनभव छ,’ उनले भनिन्, ‘अब यहाँको सिंगो विकासका निम्ति मेरो काँधमा जिम्मेवारी आएको छ, जनताले दिएको अभिमतको कदर गर्दै काम गर्नेछु ।’

उता, सोलुखुम्बु लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी भएकी छन् । ‘अब यहाँको विकास निर्माणका काममा सहकार्य गर्दै अगाडि बढ्ने छु,’ उनी भन्छिन्, ‘घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्नेछौं, स्थानीय सरकार भएको नाताले जनताको आवश्यकता के–के छन्, उहाँहरूसँग सहकार्य गरेर काम गर्ने तयारीमा छु ।’

उनी २०७४ को निर्वाचनमा उपाध्यक्ष उठेकी थिइन् । त्यसबेला उपाध्यक्षमै पराजित उनलाई यसपटक पार्टीले पत्याएर अध्यक्षमा टिकट दियो । नभन्दै उनी विजेता पनि बनिन् । ‘पाँच वर्षअघि उपाध्यक्षमै पराजित भएको थिएँ तर कति पनि विचलित नभई जनताको सेवामा समर्पित भएर काम गरें,’ कार्कीले भनिन्, ‘अहिले पालिकामा काम गर्न थुप्रै चुनौती छन्, त्यसबाबजुद काम गर्न सकिन्छ भन्ने विश्वास छ ।’
संख्यात्मक रूपमा नगन्य महिला नेतृत्वमा भए पनि उनीहरू सुशासनमा अब्बल हुने आशा गरिएको छ । सामाजिक विकृति रोक्ने र महिला सवालमा उदाहरणीय काम हुने आशा लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका नदीमा देखिन थाले डल्फिन

कुरी-कुरी