असार १ देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बताएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भन्दै सो कार्यालयले सबै सडक डिभिजन कार्यालयहरूलाई निर्णय लागू गराउन भनेको हो ।

कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सो कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 652 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ