आईओसीका कर्मचारीले घरमै बसेर काम गर्ने

लुसोन । कोरोना भाइरसको महामारीको त्रासका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले लुसानेका आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । ओलम्पिक हाउस हेडक्वार्टरमा ५ सय बढी कर्मचारी कार्यरत रहेका छन् । उनीहरूले अब घरमै बसेर काम गर्ने भएका छन् । उनीहरूले अत्यावश्यक कार्यका लागि अर्काे सूचना जारी नभएसम्मका लागि उनीहरूले घरमै बसेर काम गर्न थालेका हुन् ।

कोभिड–१९ भाइरसका कारण आईओसीले ओलम्पिक म्युजियमलाई दुई साता बन्द गर्ने निर्णयसमेत गरेको छ । आईओसीको कार्यालय स्विट्जरल्यान्डमा रहेको छ । स्विट्जरल्यान्डमा १ हजार ३ सय ७५ जनामा कोभिड–१९ भाइरसबाट संक्रमित भएको तथ्यांक छ । चीनको वुहानबाट सुरु भएको यसको संक्रमण १ सय ३० देशमा फैलिसकेको छ । स्विस सरकारले ५० जनाभन्दा बढी मानिस जम्मा हुने कुनै पनि इभेन्ट गर्न प्रतिबन्ध पनि लगाइरहेको छ । स्विस सरकारले अपिलको अन्त्यसम्मका लागि ५० जनाभन्दा बढी मानिसलाई भेलामा प्रतिबद्ध गरेको हो । कोरोना संक्रमणबाट जोगिनका लागि स्विट्जरल्यान्डले विशेष सावधान अपनाएको पाइन्छ । स्विट्जरल्यान्डले देशभरि नै स्कुलहरू बन्द गरिसकेको छ । स्विट्जरल्यान्डसँग जोडिएको इटलीको उत्तरी क्षेत्रमा कोरोनाको महामहारी रहेको छ । इटलीमा २१ हजार संक्रमित देखिएको छ भने १४ सयको मृत्यु भइसेकेको छ । चीनपछि सबैभन्दा बढी प्रभावित भएको देश हो इटली ।

लुसानेमा रहेको राष्ट्रिय ओलम्पिक कमिटीका संघले पनि अर्काे सूचना जारी नभएसम्मका लागि आफ्नो कर्मचारीलाई घरमै बसेर काम गर्ने निर्देशन दिएको छ । एनोक्सका महासचिव गुनिला लिन्डवर्गले कोभिड–१९ को महामारीका कारण विश्वको खेलकुदमा चुनौती देखिएको बताएका छन् । ‘राष्ट्रिय ओलम्पिक कमिटीहरूले खेलाडीहरूले यतिबेला धेरै चुनौतीको सामना गर्नुपरिरहेको छ,’ उनले भने । विश्वभरि नै कोरोना भाइरसका कारण खेलहरूसमेत प्रभावित भएका छन् । ओलम्पिक छनोट खेलहरू, विश्व च्याम्पियनसिपलगायतका दर्जनौं इभेन्ट कोभिड–१९ भाइरसका कारण स्थगित भएका छन् । तथापि, आईओसी र टोकियो २०२० ले यस वर्ष हुने ओलम्पिक र पारालम्पिक तोकिएको समयमा हुने बताउँदै आएको छ ।
त्यसैगरी, हेलेनिक्स ओलम्पिक कमिटीले बिहीबार बिहान ओलम्पिक टर्च बन्द ढोकाभित्र हस्तान्तरण गर्ने घोषणा गरेको छ । एथेन्सको पनाथिनाइको स्टेडियममा एक समारोहमा सर्वसाधारणको उपस्थितिबिना नै सम्पन्न भइसकेको छ । सो स्टेडियम यतिबेला सर्वसाधराणका लागि बन्द गरिएको छ । स्टेडियमको मध्य भागमा जापान, ग्रिस र ओलम्पिकको झन्डा राखिएको छ । अफिसल राइट होल्डर मिडियालाई मात्र सो समारोहमा सहभागी हुन अनुमति दिइने बताइएको छ ।

आईओसीले भिडियो कन्फरेन्स गर्ने
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मंगलबार अन्तर्राष्ट्रिय फेडेरेसनसँग कोरोना भाइरसको महामारीका कारण टोकियो ओलम्पिक २०२० को छनोटमा परेको प्रभावको विषयमा भिडियो कन्फरेन्स गर्ने भएको छ । आईओसीका अध्यक्ष थोमस वाचले सो भिडियो कलको नेतृत्व गर्नेछन् । मंगलबार हुने सो संवादमा ओलम्पिक गेम्सको कार्यक्रमसँग जोडिएका अन्तर्राष्ट्रिय खेलकुद फेडेरेसनका प्रमुखहरूको सहभागिता हुनेछ । पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण दर्जनांै ओलम्पिक छनोट खेल प्रभावित भएका छन् । स्थगित गरिएका खेल र कोरोनाले पारेको चुनौतीको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो अवस्थाको विषयमा आईओसीले भिडियो संवादको आयोजना गर्न लागेको आईओसीले जारी गरेको विज्ञप्तिमा बताएको हो । यो नियमित सूचना आदानप्रदान गर्ने कार्यको एक भाग भएको बताइएको छ । कतिपय खेलको छनोट खेल सम्पन्न भइसकेको छ ।

जी ७ मा ओलम्पिकको छलफल हुने
जापानका प्रधानमन्त्री सिन्जो आबे र यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना नजिकिँदै गरेको टोकियो ओलम्पिकका लागि कोरोना भाइरसको महामारीसँग लड्दै सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । टेलिफोन संवादमा जोन्सनले जापान छिट्टै कोरोनाको संक्रमणबाट छुटकारा पाउने विश्वास लिँदै ओलम्पिकमा सहयोग गर्ने तयार रहेकोे बताए । जापान सरकारले ओलम्पिक २४ जुलाईदेखि ९ अगस्टसम्म गर्ने तयारी गरेका छ । १९४४ देखि अहिलेसम्म ओलम्पिक खेल स्थगित गर्नुपरेको इतिहास छैन । त्यसयता तोकिएकै समयमा ओलम्पिक सम्पन्न भएका छन् । १९४४ मा भने दोस्रो विश्वयुद्धका कारण लन्डनमा तोकिएको समयमा ओलम्पिक सम्पन्न हुन सकेको थिएन । आबेले अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्म र फ्रान्सका राष्ट्रपति इमानुयल मार्काेनसँग पनि भिडियो कन्फरेन्समार्फत वार्ता गरेका थिए । उनले जी ७ बीच मंगलबार हुने भिडियो कन्फरेन्समा समेत सहभागी हुनेछन् । त्यसमा पनि ओलम्पिकको विषयमा छलफल हुने बताइएको छ । जी ७ मा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युरोपियन युनियनका प्रतिनिधि रहनेछन् ।

भारतद्वारा प्रि टोकिया २०२० भ्रमण रद्द
भारतीय ओलम्पिक संघले कोरोना भाइरसको महामहारीका कारण प्रि टोकियो २०२० भ्रमण रद्द गरेको छ । भारतका युवा कार्यक्रम तथा खेल राज्यमन्त्री किरेन रिजिजुले ट्वीट गर्दै यसको पुष्टि गरेका हुन् । रिजिजुले टोकियो ओलम्पिक २०२० को तयारीसमेत अस्थायी रूपमा स्थगित गरिएको बताएका छन् । कोरोना भाइरसका कारण कतिपय खेलकुद पूर्वाधारहरूसमेत बन्द गरिएका छन् । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितासमेत अप्रिलसम्मका लागि स्थगित गरिएको छ । त्यसैगरी, भारत र दक्षिण अफ्रिकाबीच हुने भनिएको अन्तर्राष्ट्रिय सिरिजसमेत स्थगित गरिएको छ । जापानमा १ हजार ४ सय ८४ जना संक्रमित रहेका छन् भने भारतमा करिब १ सय जना संक्रमित रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध