श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पछिल्लो द श महिनामा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 543 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा