राजधानी र नामकरणका लागि प्रदेश २ मा आज मतदान

जनकपुरधाम । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा आज (मंगलबार) बिहान मतदान हुने भएको छ । प्रदेशसभा गठन भएको करिब सवा दुई वर्षपछि स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि मतदान प्रक्रियाबाट टुंग्याउन लागेको हो ।

बिहान ८ बजे संसद् बस्ने र त्यहीबेला मतदान गरिने प्रदेश २ का सत्ताधारी दल राजपाका सचेतक परमेश्वर साहले बताए । स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले बताए । तर, नामकरण विषयमा अझै दलहरू विभाजित छन् । यसको टुंगो लगाउने प्रक्रिया थप लम्बिने देखिएको ती अधिकारीले बताए ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावनुसार गर्नेगरी आज (मंगलबार) बिहान ८ बजे प्रदेशसभाको अर्को बैठक डाकिएको छ । प्रदेशसभा सचिवालयका एक अधिकारीका अनुसार बिहानै मतदान गराउने तयारी भइरहेको छ ।

प्रदेशसभा सचिवालयले गत ५ भदौसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग प्रदेशको नामकरण तथा राजधानी तोक्न प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो । सोक्रममा राजधानीका लागि पाँच तथा नामकरणको विषयमा चारवटा प्रस्ताव दर्ता भएको थियो ।एउटै विषयमा फरकफरक प्रस्ताव आएपछि छलफलको माध्यमबाट निष्कर्षमा पुग्न सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय समिति गठन भएको थियो । विभिन्न मितिमा ११ पटक बैठक बसेको उक्त समितिले राजधानीको विषयमा दलीय सहमति कायम गर्न सफल भयो । नामकरणको सवालमा सबै दल आ–आफ्नै अडानमा अडिग भइदिएपछि निष्कर्षमा पुग्न नसकेको समितिका सदस्य एवं समाजवादी पार्टीका उपनेता रामअशिष यादवले बताए ।

राजधानीको विषयमा सत्तापक्ष दल समाजवादी पार्टी तथा राजपाको संयुक्त प्रस्ताव तथा नेकपा र कांग्रेसको छुट्टाछुट्टै प्रस्तावलाई परिमार्जन गरी एक बनाइएको छ । उनीहरूको सीमांकन’bout फरक मत भए पनि राजधानी जनकपुर (धनुषा) हुनुपर्नेमा एकमत थियो । बारा र पर्साबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदले दर्ता गराएको दुई प्रस्तावमा वीरगन्जलाई राजधानी तोक्नुपर्ने भनिएको छ । दलगत रूपमा आएका प्रस्तावमा सहमति कायम भइसकेकाले केही सांसद वीरगन्जकै नाममा मतदान गरे पनि जनकपुरलाई स्थायी राजधानी तोकिने करिब निश्चित देखिन्छ ।

नामको सन्दर्भमा सत्तापक्षका दुवै दलले संयुक्त रूपमा मधेसको नाम अघि सारेको छ भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला–भोजपुरा प्रदेश हुनुपर्ने प्रस्ताव गरेको छ । कांग्रेसको अर्को एक पक्षले मध्यमधेस प्रस्ताव गरेको छ । यस आधारमा दलहरू नै विभाजित रहेको हुँदा नामको टुंगो लाग्ने सम्भावना कम देखिन्छ । यी विषयमा दलगत रूपले सहमति कायम गरे पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको दुईतिहाइ संख्याले अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण