छोटा फिल्म खोज्दै काठमाडौं सर्ट फिल्म फेस्टा

काठमाडौं । पछिल्लो समय कोरोनाको महामारी कम भएपछि नेपालमा विभिन्न महोत्सव धमाधम हुन थालेका छन् । यसै क्रममा यसअघि आयोजना हुँदै आएको छोटा चलचित्रको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०२२’ असारको तेस्रो सातामा आयोजना हुने भएको छ ।

छायाछबी क्रियसनले नियमित रूपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रको छैटौं संस्करणको यो लघु महोत्सवमा सहभागी हुन छोटा चलचित्र पठाउन आयोजक पक्षले आइतबार प्रेसमिटमार्फत आह्वान गरेको छ ।

यो फेस्टा आगामी २६ असारमा हुने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताएका छन् । काठमाडौं सर्ट फिल्म फेस्टा–२०२२ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रले भाग लिन पाउने पनि उनले बताएका छन् । जसमा छोटा चलचित्र एवं छोटा वृत्तचित्रको अवधि २ मिनेटदेखि ५९ मिनेटभित्रको हुनुपर्ने आयोजक पक्षले जनाएको छ ।

नेपाली छोटा वृत्तचित्र एवं चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । फेस्टामा सहभागी चलचित्रलाई वेस्ट सर्ट फिल्म (फिक्सन), बेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाइस अवार्ड, बेस्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदि विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

यीमध्ये बेस्ट सर्ट फिल्म (फिक्सन) र बेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिनेछ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने पनि उनले बताएका छन् ।

‘नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेकाले हामीले केही वर्ष यताबाट यो फेस्टालाई निरन्तर आयोजना गर्दै आएका छौं ।’ आयोजक संस्था छायाछविका अध्यक्ष शान्तिप्रियले भने ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दै