अदितीलाई फकाउँदै दुई धिरज

काठमाडौं । आगामी ३१ भदौबाट देशव्यापी रिलिज हुने भनिएको चलचित्र ‘बाबरी’ को मंगलबार काठमाडौंमा प्रेस भेटघाट आयोजना गर्दै शीर्ष गीत सार्वजनिक गरिएको छ ।

बावरी रंग…गीतमा सो चलचित्रका अभिनेताद्धय धिरज मगर, धिरज नाडकर र अभिनेत्री अदिती बुढाथोकीको त्रिकोणात्मक प्रेम कथा देखाईएको छ । अदितीलाई अफ्नो बनाउन दुई धिरजले यो गीतमा उनलाई फकाएको देखिन्छ ।

अनमोल गुरुङको शब्द संगीत रहेको यो गीतलाई अनमोल र अस्मिता अधिकारीले गाएका छन् । माधुर्य यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।

कोरियोग्राफर विक्रम लामा र एञ्जिला खत्रीले भिडियोलाई आकर्षक बनाएका छन् । बाबरीमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

पछिल्लो समय मुम्बईमा बस्दै आएकी अभिनेत्री अदिती बुढाथोकीले अनमोल केसीसँगको फिल्म कृ हिट भएपछि दर्शकले आफुलाई खोजेको र दर्शकको चाहना अनुसार यो चलचित्रमा पनि आएको बताइन् । सिनेमा मुख्य अभिनेता धिरजले पनि सिनेमाको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफुले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए ।

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले कोरोना पछि सुस्ताएको सिनेमा बजारलाई पछिल्लो समय आएका राम्रा सिनेमाले फेरी तताएको बताए । अब बाबरीले दर्शकलाई खुसी पार्ने यी दुईको कथन थियो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमाको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । जसमा नरेन्द्र मैनालीको छायांकन छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको निर्माता गणेश बुढाथोकी, पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत छ ।

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन