जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि आक्रमण गरेको हो ।
लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आज नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
मेयर साह कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण गरिएको हो । उपमेयर साहमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 436 times, 1 visits today)





