मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम

हेटौडा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश सरकार तथा जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको संयोजन तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरको सहजीकरणमा स्थानीय तहहरुको लागि ‘विपद् व्यवस्थापन अभिमुखीकरण तालिम’ आइतबार मनहरी गाउँपालिकाको कार्यालय मनहरीमा समुद्घाटन भएको छ ।

सो तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा, मनकवानपुर जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी मगर, सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकावानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, गाउँपालिका वडा अध्यक्षहरु, नेपाल स्काउट, सञ्चारकर्मी तथा स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

विपद् व्यवस्थापन सम्बन्धी ज्ञान र सिपयुक्त स्वयम सेवकहरु उत्पादन गरी विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरुलाई थप सक्रिय बनाउने उद्देश्यले संचालित उक्त तालिममा मनहरी गाउँपालिककाा प्रेत्यक वडाहरुबाट एक महिलासहित तीन/तीन जनाका दरले २७ जना र नेपाल स्काउटबाट ५ जना गरी जम्मा ३२ जना सहभागी प्रशिक्षार्थीलाई विपद् व्यवस्थापनसम्बन्धी भूकम्प, बाढी, पहिरो, अग्नि नियन्त्रण, सडक दुर्घटना, भत्केका संचरनाहरुमा खोज तथा उद्धार, पानिमा खोज तथा उद्धार सम्बन्धी बिभिन्न सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासका साथ सशस्त्र प्रहरी बल, नेपालका १३ जना दक्ष प्रशिक्षकहरुद्वारा ५ र ६ गते गते प्रशिक्षण दिइने छ ।

सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले बर्षेनि हुने विपद्का कारण बागमती प्रदेशका बिभिन्न जिल्लाहरुमा धेरै मानवीय आर्थिक भौतिक क्षति हुँदै आइरहेकोमा सम्भाबित प्रकोपका घटनाबाट उत्पन्न विपद्को सामना गर्न तथा विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न राज्यका सम्पूर्ण अंगहरुको अहम भूमिका रहने बताए । उनले सरकारी एवं गैर सरकारी कार्यालयहरु, विभिन्न संघ संस्था स्थानीय ब्यक्तिहरुले स्थानीय स्तरमा प्राप्त सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै समन्वयात्मक ढंगबाट विपद् प्रभावित समुदायलाई तत्कालको उद्दारका लागि परिचालित हुनु पर्ने आवश्यकता औंल्याए । उनले दक्ष जनशक्ति उत्पादन गर्ने योजना अनुरुप पहिलो चरणमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा सशस्त्र प्रहरी बल, नेपालका दक्ष प्रशिक्षक कर्मचारीहरुद्वारा विपद् व्यवस्थापन अभिमुखीकरण तालिम सञ्चालन हुन गइरहेको र मकवानपुर जिल्लाका अन्य पालिकाका साथ साथै चितवन र सिन्धुपाल्चोक जिल्लामा समेत यस प्रकारका तालिम सञ्चालन गर्ने जानकारी गराए ।

मकवानपुर जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्राकृतिक बिपत्ति आफै नआउने भन्दै यो मानिसद्वारा प्रकृतिमाथि गरिएको अप्राकृतिक कार्य अथवा दोहनका कारण निम्तिने बताए । उनले विपद्का घटनाबाट जनधनको क्षतिलाई न्यूनिकरण गर्न सकिने र यसका लागि यस प्रकारका अभिमुखिकरण तालिमले स्थानीय तहमा विपद् व्यवस्थापन सम्बन्धी ज्ञान र सीपयुक्त स्वयम् सेवक उत्पादन गरी विपद्बाट हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्न ठूलो सहयोग पुग्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायणप्रसाद शर्माले विपद्को अवस्थामा विपद् न्यूनीकरणलाई थप टेवा पु¥याउने उद्देश्यका साथ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न सम्बद्ध पक्षसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले तालिमद्वारा नै समाजमा एक अनुशासित र दक्ष जनशक्ति उपलब्ध हुने र तालिममा सिकेका सीपले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्ने हुँदा यस प्रकारको राष्ट्रिय कार्यमा पर्याप्त रुपमा पहलता लिई अवधारणापत्र तयार गरी यस कार्यको थालनी गर्ने सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

सो गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले विपद व्यवस्थापनलाई पनि योजनामा पारी कार्य गरेमा विपद्मा हुने क्षतीलाई न्यूनिकरण गर्न यस्ता किसिमका कार्यक्रमहरु फलदायी हुने र यस्ता तालिमले आपतकालीन अवस्थामा विपद् न्यूनिकरण गर्नमा ठुलो मद्दत पुग्ने बताए ।

सो तालिमको महत्व’bout प्रकाश पार्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले प्राकृतिक विपद् रोक्न नसके पनि घटना भएको स्थानमा सही समयमा स्थानीय स्तरमा ‘फस्ट रेस्पोन्डर’ को रुपमा ज्ञान र सीप हासिल गरेको ब्यक्ति उपलब्ध भएमा क्षति न्यूनीकरणमा सहयोग पु¥याउने बताए । उनले तालिम प्राप्त फौज आइपुग्न लाग्ने समयमा हुन सक्ने क्षतिलाई कम गर्ने मुल उद्देश्य स्वरुप यो तालिम सञ्चालन गरिएको र यसलाई निरन्तरता दिदै यो आर्थिक वर्षभित्र मकवानपुर जिल्लाका ५ वटा स्थानीय तहमा सञ्चालन गरिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी