काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि ‘प्रतिभा डबली’ सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा’bout उल्लेख गरेर १३ असारभित्र आवेदन बुझाउन आह्वान गरेको छ ।
आवेदनमध्ये उत्कृष्ट १० विचार, प्रतिभा वा सोच छनोट गरिने र उत्कृष्ट तीनलाई आर्थिक पुरस्कार र सम्मानपत्र दिइनेछ ।
शीर्ष तीन आइडियालाई कार्यक्रम र बजेटमा समावेश गरिने सोमबार आयोजित अन्तक्र्रियामा मन्त्रालय सचिव सुरेश अधिकारीले उत्पादन, सेवाप्रवाह, विकास, वातावरण, विपद् व्यवस्थापन, दैनिक कार्यलगायत क्षेत्रमा नवीन सोच प्रस्ताव गर्न सकिने बताए ।
‘नवीन सोच वा नीतिगत निर्णय लिनुअघि त्यसका समग्र पक्ष विश्वेषण गर्नु आवश्यक छ, निजामति कर्मचारी केबल जागिरका लागि नभइ सरकारको अंग पनि हो,’ उनले भने, ‘यो गम्भीरता मनन गरेर काम गर्नुपर्छ ।’
निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ ।
कार्यविधिनुसार डबलीमा भाग लिन मन्त्रालयले सबै मन्त्रालय र निकायलाई गत ३० जेठमा पत्राचार गरेको थियो ।






