वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने


काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा हुदैछ ।

नेकपा एमालेका उपाध्यक्ष रहेका गौतम एमाले छोडेर बिभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका छन् । नयाँ घोषणा हुने पार्टीको संयोजक गौतम आफै हुनेछन् ।

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए । सोही अभियानका नामबाट उनले गत शनिबार ललितपुरमा राष्ट्रिय भेला गरेका थिए ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहित साना कम्युनिष्ट पार्टीहरुका बीचमा पार्टी एकीकरण हुनुपर्ने सो अभियानको निष्कर्ष छ । सोही अभियान अन्तरगत ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक पार्टीको घोषणा आज भईरहेको अभियानका प्रवक्ता निमकान्त पाण्डेले बताए ।

आज घोषणा हुने पार्टीमा बिभिन्न पाँच साना कम्युनिष्टहरु समावेश हुदैछन् । निर्वाचन आयोगमा दर्ता भएको समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी रहेका छन् । यस्तै निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाल पार्टी र स्वतन्त्र बामपन्थी समुह रहेको प्रवक्ता पाण्डेले बताए ।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन् ।

एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए । २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए ।

पछिल्लो समय तत्कालिन नेकपा विभाजित भएर बिभिन्न समुहमा बिभाजित भएपछि गौतम ति सबै कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा जुटेका छन् ।

नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्रको रुपमा सक्रिय छ । एमालेबाट बिभाजन भएर अर्को एकीकृत समाजवादी पार्टी पनि सक्रिय छ । यि तीन वटै पार्टीको शीर्ष नेताहरुका हट एवं व्यक्तिगत स्वार्थका कारण नेकपा बिभिन्न समूहमा विभाजित भएको हो ।

पछिल्लो समय कम्युनिष्ट पार्टीहरुका बीचमा एकता हुनुपर्ने बिषयमा गौतमका साथै एमाले नेता घनश्याम भुसाल लगायतकाले बहस गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते