तुलसीपुरको बसपार्क क्षेत्रको मानवबस्ती उच्च जोखिममा


तुलसीपुर । तुलसीपुरको बसपार्क उच्च जोखिममा रहेको छ । उपमहानगरपालिकामा रहेका १९ वटा वडा मध्ये तुलसीपुर– ५ को नयाँ बसपार्क क्षेत्र बाढी र डूबानको दृष्टिकोणले सबैभन्दा बढी उच्च जोखिममा रहेको पाइएको हो ।

तुलसीपुर उपमहागनरपालिका वन वतावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी बर्षातका अनुसार तुलसीपुरको नयाँ बर्षपार्क र पातुखोला किनारको छेउछाउँमा रहेको मानवबस्ती सबैभन्दा बढी जोखिममा छ । त्यसैगरी दोस्रो नम्बरमा तुलसीपुर–१३ बखरीया र बबई नदिको तटिय क्षेत्रको दुबै किनारमा रहेका बस्ती उच्च जोखिममा छन् । त्यसैगरी बाढी र डूबानकै कारण बबई नदिले छोएका १४, १६ र १८ नम्बर वडाका छेउँछाउँका बस्ती पनि जोखिममा रहेका छन् ।

सतर्क रहन नागरिकलाई आग्रह


त्यस्तै तुलसीपुर १, ३, ४ र १९ नम्बर वडाका पहाडी क्षेत्रहरुहरु पहिरोको जोखिममा छन् । अबिरलका बर्षातका कारण पहाडी क्षेत्रमा पहिरोबाट घरहरु पुरीन सक्ने खतरा रहेको छ भने समथल भूभागमा रहेका बस्ती बाढी र डूबानमा पर्ने संभावना रहेको संयोज भण्डारीले बताए ।

विपत प्रतिकार्यका लागि तयारी के छ ?

अबिरल बर्षातपछि आउने बाढी पहिरोका कारण हुनसक्ने मानविय र भौतिक क्षेतिलाई रोक्न उपमहानगरपालिका अन्तर्गत विपत व्यवस्थापन शाखाले तयारी थालेको छ ।

संभावित जोखिमबाट हुने क्षेतिलाई रोक्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहकार्यमा खोज उद्धारको टोलीसंगै उद्धारका सामग्रहीहरु तयारी अवस्थामा राखिएको विपत व्यवस्थापन समितिका संयोजक भण्डारीले बताए ।

‘नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीसंग समन्वय गरेर विपत जोखिम पूर्वतयारी कार्ययोजना बनाएका छौ । उद्धारको टोली तयारी अवस्थामा बसेको छ । जोखिम युक्त तटिय क्षेत्रमा जाली लगाउने देखि जेसीवी प्रयोग गरेर पानी तरकाउने काम गरिरहेका छौ । बजारमा हुने डूबानलाई रोक्न ढल निकासको काम पनि भइरहेको छ ।’ संयोजक भण्डारीले भन्नुभयो । विपत बजा बजाएर नआउने भएकाले जोखिम युक्त ठाउँमा बसोबास गर्दै आएका नागरिकलाई सचेन हुन पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

कुरी-कुरी