पोखरा स्पोर्टस् अवार्डमा ७ विधामा अवार्ड

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ मा ७ विधामा अवार्ड प्रदान गरिने भएको छ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये १ जनाले अवार्ड प्राप्त गर्ने छन् ।

बिहीबार पत्रकार सम्मेलनमा अवार्ड समारोहको तयारी पूरा भएको मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए । वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याण्डमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) मनोनयनमा छन् । प्रदीप अघिल्लो संस्करणमा पनि नोमिनेसनमा थिए । यस्तै, वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिबल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् । भलिबलको राष्ट्रिय टिम कप्तान सम्हालेकी अरुणा दोस्रो संस्करणकी वर्ष खेलाडी महिला हुन् ।

उदियमानतर्फ दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र साहिल लिम्बु (बक्सिङ) तथा उत्कृष्ट प्रशिक्षक विधामा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र नीरज थापा (टेनिस) परेका छन् । वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् भने उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए । वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारको नाम घोषणा हुन बाँकी छ । उनीहरुले पनि समान ३५ हजार साथमा अवार्ड पाउने छन् ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । खेलाडी छनोट समिति संयोजकमा विनोद लामिछाने रहेका छन् । छनोट समितिमा सन्देश श्रेष्ठ र विजय नेपाल पनि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झलनाथको निर्वाचन क्षेत्रमा एमालेका थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित