डुम्रिबोट (उदयपुर) । अबिरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदी कटानको परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्थलगत अनुगमनपछि तत्काल रोकथाम गर्न निर्देशन दिएका छन् । नदि कटान रोकथामका लागि कुनै पनि कसरत बाँकी नराख्न निर्देशन दिए । नदी कटान नियन्त्रणका लागि साधान श्रोत बजेटमा कुनै पनि कमी नहुने परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए ।
तत्काल कोशी कटानलाई नियन्त्रण गरि यसलाई दिर्घकालिन रुपमा नियन्त्रण गर्न अन्तराष्ट्रिय सहयोगका लागि भारतसँग छलफल भई रहेको मन्त्री खड्काको भनाई थियो । जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको भएकाले जनताको जिउधनको सुरक्षाका लागि सरकार जुनसुकै कदम चाल्न तयार रहेको परराष्ट्र मन्त्री डा. खड्काले बताए । स्थलगत अनुगमनपछि परराष्ट्रमन्त्री डा. खड्काले नेपाली सेनाका निमित्त प्रधान सेनापतिलाई फोन गरेर तत्काल राहत र उद्धारका लागि नेपाली सेना तयारी अबस्थामा रहन निर्देशन दिए । नदी नियन्त्रणमा खटिएका कोशी परियोजना, सिचाई बिभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय तहलाई प्रभावकारी रोकथाम गर्न निर्देशन दिए ।
जलश्रोत तथा ऊर्जा मन्त्रालय सिचाई बिभागका महानिर्देशक सुशिल आचार्यले बाढी बढ्दै गएकाले अहिले तत्काल रोकथाम बाहेक अरु गर्न नसकिने बताए । बेलका नगरपालिका– ८ लाहुरेको खोच र डुम्रिबोटमा भई रहेको कटान स्थलनमा बाँस तथा स्याउला लगाएर रोकथाम गरि १ सय मिटर होचो भागबाट नदी बस्न लागेकाले त्यहाँ बाँध लगाउने काम तत्काल गरिने बताए ।
नदी कटान रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी अस्थायी बाँध निर्माणमा जुटेका छन् । नदि कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिकाका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेको छ । नदिले गत वर्षदेखि पश्चिमपट्टी धार परिर्बतन गरि कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो । अबिरल वर्षाको कारणले सप्तकोसी नदिमा पानीको बाहक बढेसंगै बेलकाको विभिन्न ठाउँ र बस्ती उच्च जोखिममा परेपछि परराष्ट्रमन्त्री डा. नारायण खड्का स्थलगत अनुगमन आएका हुन ।
कोशी कटान क्षेत्र स्थलगत अनुगमनमा प्रदेश १ का सुरक्षा निकायका प्रमुख, उदयपुर, सुनसरी, सप्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीन वटा सुरक्षा निकायका प्रमुख, बेलका नगरपालिकाका नगर प्रमुख र उप प्रमुख लगायत सरोकारवाला हरुको सबै निकायका प्रमुखहरुको उपस्थितमा अनुगमन गरेका हुन् । कटान नियन्त्रण गर्न लागि तार जाली भर्ने लगायत विभिन्न माध्यमबाट रोक थाममा सबै लागि परेका थिए । कटान क्षेत्रमा विभिन्न उपायबाट नियन्त्रण गर्न खोज्दा पनि पानीको बाहपले बगाएपछि अझ स्थानीयबासी आतंकित भएपछि मन्त्री खड्काले अनुगमन गरेका हुन ।
नदिको धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका नगरपालिका–८ लाहुरे खोँचमा कटान गरेको हो । कटानले बेलका नगरपालिका– २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका–६ सहितका सोम’bout, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन् । सप्तकोसीले ६ सय मिटर कटान गरि सकेको छ, भने १ सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भैसकेको छ अब बाकी १ सय मिटर कटान भए कोशीले नयाँ ट्रयाक्ट बनाएर हिड्ने देखिन्छ । कटानले बराहक्षेत्र नगरपालिका–६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका नगरपालिका–३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित हुने देखिन्छ भने २० हजार भन्दा धेरै जनसंख्या जोखिममा छ्न ।
सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ । तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ ।
त्यहाँका स्थानीयबासी बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदि तटिय क्षेत्रका स्थानीयबासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोशी सम्झौता अनुसार भारत सरकारले नदिको दुवै तर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयबासी बताउँँछन् ।
स्थानीयबासी भन्छन् नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन । सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौंँ बासिन्दालाई घरबार बिहीन बनाई सकेको छ ।