एसएसपी बढुवामा शीर्ष नेतृत्वको हस्तक्षेप

काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आपूmनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय भने ज्येष्ठता र कार्यसम्पादनका आधारमा एसएसपी बढुवा गर्ने तयारीमा छ । तर, पछिल्लो ब्याचका एसपीहरू शक्ति केन्द्रको आडमा ब्याच मिचेर जसरी पनि एसएसपी हुने दौडमा लागेपछि शक्तिकेन्द्रले गृहमन्त्री बालकृष्ण खाँड तथा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई दबाब दिन थालेको स्रोतको दाबी छ ।

शक्ति केन्द्र धाउँदै एसपी

यस्तो दबाब राजनीतिक दलका शीर्ष नेताहरूबाटै पर्न थालेको हो । स्रोतका अनुसार आपूm बढुवामा पर्न केही एसपीहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ धाउन पुगेका छन् भने केही भने बालुवाटार धाउन थालेका छन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा स्थान्तरण भएर आएका र २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीलाई बढुवा गर्ने पक्षमा छ ।

विभागमा ५ पुस २०५३ मा भर्ना भएका प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई तानेर एसएसपीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

गृह स्रोतका अनुसार २०५६ मा प्रहरी निरीक्षक बनेकाहरू पनि अहिले २०५३ र २०५४ को ब्याचलाई उछिनेर एसएसपी बन्ने दौडमा शक्तिकेन्द्रबाट दबाब दिनेगरी लबिङमा लागेका छन् । उनीहरू वरीयताक्रम र ज्येष्ठताका आधारमा नभई कार्यसम्पादन हेरेर बढुवा गरिनुपर्ने भन्दै लबिङमा लागेका हुन् ।

– माओवादी अध्यक्ष प्रचण्डमार्फत लबिङ

– एसपीको दौडधुप बालुवाटारसम्म

– दबाबमा गृहमन्त्री

‘राअविबाट नेपाल प्रहरीमा स्थान्तरण भएकाहरू ज्येष्ठता र कार्यसम्पादनका आधारमा एसएसपीका स्वाभाविक दाबेदार छन्, सो टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू पनि एसएसपीका स्वाभाविक दाबेदार हुन् तर पछिल्ला ब्याचका एसपीहरू पनि शक्तिकेन्द्रबाट बढुवामा छुट्नै नहुने भन्दै दबाब बढाउँदै आइरहेका छन्,’ गृह स्रोतले राजधानीसँग भन्यो ।

कोको छन् दौडमा ?
स्रोतका अनुसार २०५६ सालमा प्रहरी निरीक्षक भएर हाल एसपी रहेका विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेशराज मैनाली, भूपेन्द्रबहादुर खत्रीलगायतले एसएसपी हुन जोडबल गरिरहेका छन् ।

उनीहरूले राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरू कार्यसम्पादनमा कमजोर रहेको भन्दै बढुवामा आफूहरू पर्नुपर्ने भन्दै आइरहेका छन् ।

एसपी खत्रीले जसरी पनि बढुवामा समेट्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामार्फत लबिङ गर्दै आइरहेको स्रोतले जनाएको छ । यस्तै, राठौरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत लबिङ गरिरहेका छन् । यस्तै, भट्टराईसहितका केही एसपी बालुवाटारबाटै दबाब सिर्जना गर्न लागि परेका छन् ।

राष्ट्रिय अनुसन्धानबाट आएकामध्ये सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत एसएसपी बढुवाका स्वभाविक दाबेदार हुन् ।

२०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीबाट राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे पनि प्रतिस्पर्धी हुन् ।

यसैगरी, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलिपसिंह देउवा, सञ्जिव शर्मा दास पनि प्रतिस्पर्धी हुन् ।

यीमध्ये मनोज, विनोद, जयराम, शारदाप्रसाद, लोकेन्द्र, रामेश्वर, दिलिपसिंह र सञ्जिव पनि राअविबाटै स्थानान्तरण भएका अधिकृत हुन् ।

यसैगरी, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा बर्खास्त भएर पुनर्वहाली भएका डिल्लीराज विष्ट पनि बढुवाका प्रतिस्पर्धी हुन् । उनका ब्याचका सबै एसएसपी भइसकेका छन् । पुरानो ब्याचका गणेश चन्द पनि बढुवाका आकांक्षी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर