पहुँच आधारमा शिक्षा शाखा प्रमुखकी श्रीमतीलाई काज सरुवा

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुखले नियम विपरित श्रीमतीलाई काज सरुवा दिएको खुल्न आएको छ । खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दिपकमणी घिमिरेले नियम वितरित काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

खाँदबारी नगरपालिका –७ स्थित मंगलादेवी माध्यमिक विद्यालयमा कार्यरत श्रीमती उमा गौतम घिमिरेलाई पहुँचका आधारमा काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । शिक्षक सरुवा भएपछि विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित हुने हुँदा विद्यालयलाई सट्टा शिक्षक नियुक्ति गर्न ३ लाख रुपैयाँ दिने आश्वासन दिएकाले विद्यालय व्यवस्थापनले शिक्षिकालाई काज सरुवा दिने निर्णय गरेको खुल्न आएको हो ।

शिक्षिका गौतम सरुवा भइ गएको ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका –८ लुभु महालक्ष्मी माध्यमिकी विद्यालयले “पदाधिकार रहको विद्यालयबाट नै तलव भत्ता खाने गरी” भन्ने शर्तमा काज सरुवाको स्वीकृति दिएकाले शिक्षिकाको पदाधिकार रहेको मंगलादेवी माध्यमिक विद्यालयले नै तलब भत्ता भुक्तानी गर्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाई ललितपुरले २०७८ पुस १२ गते महालक्ष्मी माध्यमिकी विद्यालयमा खटाइको थियो । शिक्षिका गौतमको सरुवामा खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख घिमिरेको मुख्य भूमिका रहेको बताइन्छ । उता खाँदबारी नगरपालिका शिक्षा प्रमुख दिपकमणी घिमिरेले नीति नियम अनुसारनै काज सरुवा दिएको बताए । सरकारले आफ्ना कर्मचारी जुनसुकै बेला जतासुकै खटाउन सक्ने शिक्षा शाखा प्रमुख घिमिरेले बताए । विद्यालय ब्यवस्थापन समितीको निर्णय र सहमति अनुसार नै काजमा खटाइएको शिक्षा शाखा प्रमुख घिमिरेले दावी गरे ।

पहुँच आधारमा विद्यालय शिक्षकले काज सरुवा गरेर विद्यालयलाई दोहोर आर्थिक भार बनाएको भन्दै स्थानीयले आपत्ती जनाएका हुन् । सामान्य तया असम्भव मानिने विद्यालय शिक्षकको सरुवा मंगलादेवी विद्यालयकी शिक्षिकाले सम्भव बनाएकी छन् । सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै ब्यवस्थापन समितीको स्वीकृती, सम्बन्धित स्थानिय तहहरुको स्वीकृती र शिक्षा समन्वय इकाईहरुको लिखित सहमतिमा मात्र सरुवा गरिने विद्यालय शिक्षकको सरुवा प्रणाली रहेकोमा यहाँकी शिक्षिका घिमिरेले सबै बाधा पार गरेर राजधानीको विद्यालयमा आफ्नो जागिर सरुवा गरेर राजधानी बसाँई लम्बाएकी छन् ।

विद्यालय व्यवस्थापन र नगरपालिकाको शिक्षा शाखा प्रमुखबीचको सोही सहमति अनुसार विद्यालयले विज्ञापन खुलाएर ६ महिनाका लागि संगीता राईलाई सट्टा शिक्षकको रुपमा राखेको थियो । नगरले दिएको बजेट अनुसार नियुक्ती पाएकी शिक्षिका संगीता राईको असार १३ गते करार अवधी सकिएको मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले बताए । यस प्रकरणको वास्तविकताका ’boutमा कुराकानी गर्दा मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले “विशेष परिस्थितीले गर्दा बाध्य भएर काज सरुवाको सहमति दिएको” बताए । ब्यवहारिक र मानविय संबेदनाका हिसावले काज सरुवा दिएको र विद्यालयको शैक्षिक क्रियाकलापलाई असर नपर्ने गरी स्रोत व्यवस्थापनको सहमति भएपछि काज सरुवाको सहमति दिएको प्रअ श्रेष्ठले बताए । शिक्षिका गौतमले पारिवारिक समस्या देखाउदै गत पुसमा तीन महिनाका लागि काज सरुवाको सहमति माग गर्दै निवेदन दिएको प्रअ श्रेष्ठले बताए । सोही अनुरुप विद्यालयले पहिलो पटक तीन महिनाको काज सरुवा दिएको थियो । ब्यवस्थापन समितीले शिक्षिका गौतमलाई बढीमा ६ महिनाका लागि काजका लागि अनुमति दिएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष महेन्द्र आले मगरले बताए । नितिगत हिसावमा काज नपाउने भएपनि ब्यवहारिक हिसाव काज सरुवा दिएको अध्यक्ष आलेले बताए ।

तर तीन महिना पछि पनि विद्यालय नर्फिएपछि पुन तीन महिना काज थप गरेको थियो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा काज सरुवा गरेको समितीका सदस्यहरुको गुनासो छ । ब्यवस्थापन समितीका अध्यक्ष महेन्द्र आले मगर, प्रअ योगेन्द्र श्रेष्ठ र तत्कालिन वडाध्यक्ष मौसम आले मगरले समितीलाई जानकारी नै नदिइ काज सरुवाको सहमति दिएको समितीका सदस्यको आरोप छ । विद्यालयलाई घाटा हुने गरी काज सरुवा दिन नहुने विद्यालय ब्यवस्थापन समितीका सदस्य टंक चौहान बताए । सदस्य चौहानले भने काज सरुवा दिने निर्णयमा आफ्नो असहमति रहेको बताए । नगरको बजेट एउटा ब्यक्तिको स्वार्थका लागि खर्च गरिन नहुने सदस्य चौहानले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार