जसले नाँचेवापत ५० रुपैयाँ पारिश्रमिक पाएका थिए

कथानक चलचित्र ‘कृष्णलीला’ काे टे्लर सार्वजनिक भए लगत्तै नायक पुष्प खड्काको अभिनय हेरेर मन पराउने दर्शक खुसी छन् । दोस्रो चलचित्र ‘मंगलम’बाटै सर्वोत्कृष्ठ अभिनेताका लागि ‘नेशनल अवार्ड’ पाएका पुष्प पछिलो समय युवा दर्शकका रोजा नायक हुन् ।
भदौ ३ गतेलाई रिलिज डेट तोकिएको उक्त चलचित्रमा अटिजम पिडित युवाको भुमिकामा देखिएका छन् पुष्प । अटिजम पिडित युवाले एम्बिसस युवतीलाई कसरी प्रेम गर्छ र यो क्रममा आइपर्ने अप्ठयारा नै फिल्मको मुल विषय हो । ‘कृष्णलीला साइक्लोजीकली प्रेमकथामा आधारित चलचित्र हो ।’ चलचित्र’bout उनले भने ।

हरेक चलचित्रमा आफ्नो चरित्र फरक होस् भन्ने मान्यता राख्ने पुष्प यो आत्मविश्वास ‘मंगलम’ ले जगाएको मान्छन् । मंगलममा उनले न्युरोलोजिकल डिसअर्डर चरित्र निर्वाह गरेका थिए । मंगलममा काम गर्दा सम्म उनले सोचेका सम्म थिएनन् ‘नेशनल अवार्ड’ पाइएला भनेर ।

प्रदर्शोन्मुख चलचित्र कृष्णलीलाप्रति पनि उनी उत्तिकै आशावादी छन् । जब स्क्रिप्ट पढे उनलाई आफ्नो चरित्र चुनौतिपूर्ण लाग्यो र कामका लागि सहमति गरे । अटिजमबाट पिडित चरित्र भएकाले केही समय अटिजम पिडित बालबालिकाको संगत गरेको उनी बताउछन् । त्यसो त आफ्नी सानी भान्जीबाट पनि वालसुलभका केही कुरा सिकेको उनको भनाई छ । ‘मेरी चार वर्षकी भान्जी छिन् उनको संगतले मलाई तोते बोल्न सजिलो भयो ।’ उनले भने ।


०००
कैलालीमा जन्मेका यी नायकलाई स्कुल पढ्दैताक नै फिल्म खेल्नुपर्छ भन्ने लागेको थियो तर, फिल्म उद्योगसंग उनको कुनै साइनो थिएन । ६ कक्षासम्म भारतमा पढेका पुष्पको घरमा कुरा भयो । ‘बाँकी पढाई त नेपालमै पूरा गर्नुपर्छ ।’ उनी सात कक्षा पढन भन्दै नेपाल आए । उनले ६ कक्षासम्म पढेको भारतको स्कुल र नेपालको स्कुलको वातावरण विल्कुल फरक थियो । ६ कक्षासम्म कडा अनुशासनमा पढेका पुष्पका लागि ७ कक्षा निकै फरक थियो । पढाईमा ध्यान नदिए पनि हुने । होमवर्क नगर्दा पनि कार्वाही नहुने । साथीहरु असाध्यै रसिक । पढाई बाहेक सब कुरामा ट्यालेन्ट । साथीहरुकै संगतले उनले चिट चोर्न सिके, केटी जिस्क्याउन जाने । अरु के के हो के के, आफुले सिकेका खराब कामहरुको सूची लामै छ उनको डायरीमा ।

डान्स सिक्दै जाने क्रममा स्टेज कार्यक्रममा सहभागी भए । अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वर, नाँचघर जमल, प्रज्ञाप्रतिष्ठान कमलादीलगायतमा कल्चरल शोमा सहभागी हुन्थे । कार्यक्रममा नाँचे वापत खाजा खान पाउथे कहिले काँही आयोजकले टेम्पु भाडा भन्दै सय पचास दिन्थे । एउटा भिडियोमा कोरस डान्स समेत गरेका थिए


जब १० कक्षामा पुगे । अलि सिरियस भए । ठूलो भएपछि के बन्छस् भनेर कसैले सोध्दा विद्यार्थीहरुले भन्थे ‘डक्टर इन्जिनियर ।’ पुष्पलाई पनि लाग्यो । ‘म पनि डक्टर बन्छु ।’ के भन्छस् भनेर प्रश्न गर्नेहरुलाई उनी जवाफ दिन्थे ‘म पनि डक्टर बन्छु ।’ उनको कुरा सुन्नेहरुले खिसिको भावमा भन्थे ‘तेरै जस्तो पढाइले डाक्टर हुने भा भए ?’

एसएसलीको रिजल्ट हुन बाँकी नै थियो । पुष्पले निर्णय गरे । डक्टर बन्छु । त्यसका लागि बिज्ञान नपढी हुन्थेन । उनलाई पढाउने सरहरुले पत्याएका थिएनन् । एसएलसीको रिजल्ट आयो तर, जम्मा ५० प्रतिशत अंक । उनको जिद्दीका अगाडी कसैको केही लागेन विज्ञान विषय पढे । जब प्लस टुको रिजल्ट भयो । यसले केही गर्दैन भन्नेहरु आफैं भन्न थाले ‘अब चाँही यसले केही गर्छ है ।’

निखिल उप्रेतीको फ्यान

उनी महेन्द्रनगरमा प्लस टु पढ्दै गर्दा नेपाली फिल्म उद्योगमा निखिल उप्रेतीको सान गज्जब थियो । निखिल उप्रेती, राजेश हमाल र विराज भट्टको बजार विषेश थियो । पुष्पको ग्याङ तिनै स्टारहरुको फिल्म हेरेर मख्ख पर्थे । यतिसम्म कि निखिलको फिल्म लागेको बेला सिनेमा हलमा टिकको मुठै चोर्न पनि पछि पर्दैन थे ।

एसएलसीको रिजल्ट आयो तर, जम्मा ५० प्रतिशत अंक । उनको जिद्दीका अगाडी कसैको केही लागेन विज्ञान विषय पढे । जब प्लस टुको रिजल्ट भयो । यसले केही गर्दैन भन्नेहरु आफैं भन्न थाले ‘अब चाँही यसले केही गर्छ है ।’

प्लस टु सकेपछि करिअर बनाउन भन्दै उनले पनि नाइटबस चढेर काठमाडौंको यात्रा गरे । गज्जब राम्रो पढ्छु भन्दै काठमाडौ आएका पुष्प ब्याचलर भर्ना संगै वानेश्वरमा डान्स कल्चरमा भर्ना भर्ना भए । उनलाई डान्समा पोख्त हुनु थियो । त्यतिबेलासम्म उनलाई सुटिङ कसरी गरिन्छ । हिरो हिरोइनको लाइफस्टाइल कस्तो हुन्छ केही थाहा थिएन । चिनाजानी त परको कुरा ।

डान्स सिक्दै जाने क्रममा स्टेज कार्यक्रममा सहभागी भए । अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वर, नाँचघर जमल, प्रज्ञाप्रतिष्ठान कमलादीलगायतमा कल्चरल शोमा सहभागी हुन्थे । कार्यक्रममा नाँचे वापत खाजा खान पाउथे कहिले काँही आयोजकले टेम्पु भाडा भन्दै सय पचास दिन्थे । एउटा भिडियोमा कोरस डान्स समेत गरेका थिए । ‘सुटिङ कसरी हुन्छ जान्नका लागि म कोरस डान्समा सहभागी भएका थिएँ ।’ उनले भने ।

टेलिभिजनबाट प्रशारण हुने म्युजिक भिडियोको एकखालको चार्म थियो । टिभिमा भिडियो हेर्थे र पुष्प कल्पना गर्थे ‘मैले पनि काम गर्न पाए यो भन्दा राम्रो गर्थें ।’ त्यतिबेला चलेका भिडियो निर्देशकलाई सम्पर्क गरे । लगभग सबैसँग भेटघाट गरे र भने ‘म एकदम राम्रो गर्न सक्छु ।’ तर, उनको कुरा कसैले पत्याएनन् । त्यहि वेला भेट भयो म्युजिक भिडियो निर्देशक स्व आलोक नेम्वाङसंग । नेम्वाङलाई भेटेको तीन दिनपछि गायक हेमन्त शर्माको फोन आयो ‘के माया गर्न हुन्न र…’बोलको गीतका लागि । उनले भने ‘तिम्रो दुईटा जति सिक्वेन्स छ अरु मै हुन्छु गर्छौ त ।’ पुष्पले दायाँ बायाँ सोच्दै नसोची हुन्छ भनिदिए । पारिश्रमिक पनि पाए तीन हजार ।

त्यसपछि लगातार भिडियोमा अभिनय गरेका पुष्पले अहिलेसम्म एकहजार पाँचसय भन्दा बढी भिडियोमा काम गरिसकेका छन् । हेमन्त शर्माको गीतमा काम गरेपछि महिनामा दुइटा जति भिडियोमा कामको प्रस्ताव आउथ्यौ । गर्दै थिए शिब परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले…’ भन्ने गीतमा मोडलिङको प्रस्ताव आयो । सोही गीतको अभिनयलाई उनी करिअरको टर्निङ प्वाइन्ट मान्छन् ।

हिरोको साथी बन्न मन लागेन

भिडियो गर्दा गर्दै नेम्वाङले ‘अझै पनि’ भन्ने फिल्म निर्देशन गर्दै थिए । पुष्पलाई भने ‘पुष्प अझै पनिमा काम गर हिरोको साथीको रोल छ ।’ पुष्पले नाई भन्न सकेनन् तर, पनि भने ‘मलाई त हिरो नै बन्नु छ ।’ फेरि आलोकले भने ‘अनुभव पनि हुन्छ साथीको रोल गर तिमीलाई राम्रो हुन्छ ।’ अझै पनिमा साथीको भुमिका निर्वाह गरेपछि उनलाई थुप्रै फिल्मबाट हिरोको साथीको भुमिकामा काम गर्ने अवसर आउन थाल्यो । तर, मानेनन् ।

लगभग सबैसँग भेटघाट गरे र भने ‘म एकदम राम्रो गर्न सक्छु ।’ तर, उनको कुरा कसैले पत्याएनन् । त्यहि वेला भेट भयो म्युजिक भिडियो निर्देशक स्व आलोक नेम्वाङसंग

त्यही बेला तुलसी घिमिरे ‘दर्पण छायाँ २’ बनाउदै थिए । घिमिरेको फिल्ममा हिरोको अफर उनको लागि अर्को महत्वपूर्ण अवसर थियो । यद्यपि फिल्म राम्रो चलेन तर, पुष्पको तारिफ गज्जब भो । चरित्रमा भेराइटी खोज्ने पुष्प भन्छन् ‘मलाई कम्प्लेक्स क्यारेक्टर गर्दा मज्जा आउछ ।’
फुर्सदमा पढ्ने लेख्ने, फिल्म हेरिरहन्छन् । रियालिटी शो डकुमेन्ट्री र अन्तर्वार्ताले उनलाई तान्छ । ‘दर्शकले मनपराउन छाडेपछि टाढै बसेर फिल्मलाई माया गर्छु ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 474 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी