प्रेमगञ्ज युरोपका ४४ देशमा प्रदर्शन हुने

काठमाडाैं । फिल्म प्रेमगञ्ज युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । अब प्रेमगन्ज भने सार्वजनिक रुपमै विदेशी फिल्म सरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । फिल्म प्रेमगन्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो ।

‘अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ’ निर्देशक परिच्छेद सेनले भने,‘फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ ।

उक्त फिल्मबाट पैसा कमाउने भन्दापनि आगामी फिल्मका लागि बाटो खोजिरहेको सेनको भनाई छ । उक्त फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ