बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ


गुल्मी । गुल्मीमा १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली कुबिन्देका ३७ बर्षीय भुपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिए ।

अधिकारीले मंगलबार फुपुको घरमा आएका बेला बालिकालाई फकाइफुल्याई खरबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि फरार आरोपित अधिकारीलाई खोजतलासपछि पक्राउ गरिएको खरेलले बताए ।

गत आर्थिक बर्षमा १६ बलात्कार, एक बलात्कार प्रयास, एक बालबालिका बिरुद्धको कसुर एक र दुई बालयौन दुरुपयोगका मुद्धा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता थिए ।

त्यस्तै आर्थिक बर्ष ०७७/०७८ मा १६ बलात्कार, पाँच बलात्कार प्रयास र तीन यौन दुव्र्यबहारका मुद्धा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए । त्यस्तै आर्थिक बर्ष ०७६/०७७ मा १३ बलात्कार, दुई बलात्कार प्रयास र दुई यौन दुव्र्यबहारका मुद्धा प्रहरीमा दर्ता भएको खरेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी