एमाले अध्यक्ष ओली पशुपति दर्शनमा

काठमाडौं । साउन तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

भक्तजनले शिव भगवान्को भजनकीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन् । काठमाडौं पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुर डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायत मन्दिरमा भक्तजनको भिड लागेको थियो ।

यसैगरी, ललितपुर पाटनस्थित कुम्भेश्वर, सुनाकोठी भृंगारेश्वर, ठेचो ढल्केश्वर, लेले तिलेश्वर र पशुपतिनाथ, झरुवारासी सन्तानेश्वर, चापागाउँ जीवनेश्वर, लुभु गोब्राटेश्वर र गोटीखेल कालेश्वरमा पनि बिहानैदेखि भक्तजनको भिड लागेकोे छ ।

पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि नै पँजाआजा र आराध्यदेव पशुपतिनाथ दर्शनका लागि भक्तजनको चहलपहल भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको कोषले जनाएको छ । पशुपतिनाथ परिसरमा पँर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि सोमबार पुगेका छन् । ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथमा सोमबारका दिन भक्तजनले शिव भगवान्को व्रत बसेर बोलबम पनि भरेका छन् । बिहानैदेखि हिन्दँ धर्मावलम्बीले पहेंलो वस्त्र लगाएर घल्चा वा घैलामा पानी भरेर टाउकोमा राखेर शिवालयसम्म बोलबम भरेका छन् । यसमा महिला संख्या अधिक रहे पनि पुरुष पनि केही मात्रामा सहभागी भए । यसक्रममा उनीहरूले खुट्टामा जुत्ता पनि नलगार्ई ‘बोलबम बोलबम’ उच्चारण गर्दै मुहानबाट जल ल्याएर शिव भगवान्लाई जल चढाएका छन् ।

कतिपयले काठमाडौं सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाएका छन् । साउने सोमबारका लागि भनेर त्यहाँ विशेष व्यवस्था मिलाएको थियो । पशुपतिमा जल ल्याएर चढाउन, सोमबारको अघिल्लो साँझ नै धेरै भक्तजन सुन्दरी जल पुगेका थिए ।

यसैगरी, गोदावरीको जल ल्याएर ललितपुर सन्तानेश्वर मन्दिरमा भक्तजनले जल चढाएका छन् । बिहानैदेखि नै त्यहाँ पनि भक्तजनको भिड लागेको थियो । उपत्यकाको सहरी भेगबाट नजिकै रहेको सन्तानेश्वर मन्दिर झरुवारासीको फेदीबाट सय मिटर उचाइ थुम्कोमा रहेको छ । मन्दिरमा यसपटक पनि विगतका वर्षझैं दर्शन गर्न आउने भक्तजन संख्यामा कमी नआएको श्रीसन्तानेश्वर महादेव संरक्षण तथा संवद्र्धन सेवा संघले जनाएको छ ।

त्यस्तै, सुनाकोठी भृंगारेश्वर महादेव मन्दिरमा पनि नजिकैको पानीको मुहानबाट पानी लिएर भक्तजनले चढाएका छन् । पहेंला वस्त्र लगाएर पंक्तिबद्ध भइ उनीहरूले बोलबम भरेका छन् ।

गोटीखेल कालेश्वरमा भने साउनमा बाटो हिलो, चिप्लो र जंगलको बाटो जाने भएकाले त्यति भिड नभएको स्थानीय केशव घिमिरेले जानकारी दिए ।

साउने सोमबारका दिन व्रत बसेर भगवान् शिवको ध्यान गरी पँजाअर्चना गर्ने चलन छ । व्रत बसी पतिको सुस्वास्थको कामना गरिन्छ भने अविवाहित नारीले सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने विश्वास छ । साउने सोमबारको व्रत बस्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास छ ।

साउनमा हातभरि मेहन्दी, हरियो र पहेंला चुरा अनि हरियै कपडामा लगाउने चलन पनि बढ्दै गएको छ । शुक्रअस्तले बर्सेनि बस्ने यस्ताखाले व्रतलाई प्रभाव नपार्ने पण्डित बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार