सत्ता स्वार्थको भिडले भद्रगोल

राजनीतिको नयाँ रूप देख्दा हाम्रो देशको राजनीतिलाई रंगीन भन्न मन लाग्छ । राजनीतिको नेतृत्व फेरिएर रंगीन भने भएको होइन । नेतृत्व उही छ, प्रक्रिया फरक छ । रोएजस्तो पनि उही गर्ने, कुटेजस्तो पनि उही गर्ने, जनता झुक्याउने खेल । आयो दसैं फेरि मंसिरमा, गयो दशैं यसै वैशाखमा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने श्रेय उही पुराना बुढालाई जान लागेको छ । डडेल्धुराका बुढा, बोली स्पष्ट छैन, यिनैले फास्ट ट्रयाकमा नागरिकता विधेयक ल्याए । आप्mनालाई मात्रै होइन, अरूलाई पनि, भित्रभित्रै गोटी चाल्न खप्पिस छन् यिनी । एमसीसीमा जिल्याए नेपालीलाई, एसपीपीमा हालत उही छ । माइतीको राखी बाँधेको खेर जाने कुरै भएन ।

ठूला देशका नेताहरू पद छोडेपछि नोकरी खोज्दै हिँड्छन्, देश बनाउँछन् । आपूm गरिबै रहन्छन् । हाम्रा नेताहरू या त पदलाई घाटसम्म लैजान्छन्, या नसकेपछि सेयर लगानी, कम्पनीका मालिक, या विदेशी राजदूत हुन खोज्छन् । धनी नै बन्न खोज्छन् । अन्यत्रजस्तो राजनीतिलाई सेवाका रूपमा हेर्ने चलन यहाँ छैन । देश बिगारेर पनि आपूm भने सप्रिन्छन् । संघीयताको आगमनसँगै राजनीतिको निजीकरण भएको छ । नेताको रोजगारी बढेको छ । जनताको घटेको छ । यसै सन्दर्भमा दशैंपछि आउँदै छ अर्को दशैं– महादशैं महँगीको मार । र त, दुईपल्ट पेट्रोलियम पदार्थको भाउ घटेर आउँदा यहाँ घट्दैन । बढेर आउने सुइँको नपाई रातारात बढी सक्छ । त्यही सहर हो, फोहोर उठ्न छाडेको छ, बालेनलाई थकित गराउने, हर्क राई र हमालहरू पीडित हुने र रविहरू फाइल खोल्छौं भन्ने देश हाम्रो ।

उद्घाटनका लागि सबै तयार हुने उद्घाटन भइसकेपछि उस्तै हुने हाम्रो देश मेलम्चीभन्दा कम छैन । जनकपुर जयनगर रेल के भयो ? थाहा छैन । रासायनिक मल त गहुँका लागि पो आउने भन्या, धान त मुन्टै सुकिसक्यो । कतै खडेरी परेर, कतैकतै सडकमा रोपेको के आउँथ्यो । र त राष्ट्र बैंकले उद्घोष गरिदियो, आउने ३ महिना महँगीको सकस धेरै हुन्छ । बढ्या महँगी घटाउन त इन्द्रेको बाउ चन्द्रे आउँदा पनि नसक्ने । आर्टिकल लेख्न बस्यो खालि गाईजात्राको मात्रै याद आउने । जात्रा पनि पहिले हाँडी गाउँमा मात्रै आउँथ्यो । अब त, वर्षमा एक दिन होइन सधैँ र देशैभरि, नकच्चरो काइदा जसो ग-यो उसै फाइदा । घुमाई फिराई पोल्टो आप्mनै हो । सचिव तानिए, मन्त्री अर्थैतिर । आप्mनो ढुकुटी कसले छोड्छ ? सीसी फुट्यो क्यामेरा त छँदै छ ।

उद्घाटनका लागि सबै तयार हुने तर उद्घाटनपछि उस्तै हुने हाम्रो देश मेलम्चीभन्दा कम छैन


पछिल्लो आवमा आइपुग्दा जेठ मसान्तमा ४१ प्रतिशत विकास खर्च देखिएर एक महिना असार मसान्तमा हेर्दा ६५ प्रतिशत देखियो । यसले स्पष्ट गर्छ, हाम्रो विकास उडन्ते, डोजरे र असारे हो । हामीले कल्पना गरेको विकासको अवधारणा भनेको माटो छोप्ने अनि पानी परेपछि गलेर जाने हो । एक महिनामा २५ प्रतिशत विकास खर्च भनेको बेथितिको शिखर नै भन्नुपर्छ । रोपाइँको चटारोझै असारमा विकास खर्च गर्ने प्रचलन पुरानै हो । संसारकै लोकतन्त्र देशमा आयो भनियो । जनसंख्याको हिसाबले यो ४९औं स्थानमा छ भने जीडीपीमा ९९औं र सम्पन्नताको हिसाबमा ११४औंमा छ देश । लोकतन्त्रमा दुई तिहाइको मत पचेन । ६१ सिट ल्याउने प्रधानमन्त्री बने । विगत ३१ वर्षमा २८ पटक सरकार परिवर्तन भयो । यो समयमा लोकतान्त्रिक भारतमा जम्मा सातपटक मात्र परिवर्तन भएछ । प्रधानमन्त्री संख्या पनि कम । मनमोहन र अटल बिहारीले २÷२ पटक मात्रै प्रम पद लिए ।

पछिल्लोपल्ट यहाँ सरकारमा ३६ जना नयाँ अनुहार आए । चार जना पीएचडी, चार जना मेडिकल डाक्टर, चार जना इन्जिनियर, चार जना मास्टर्स डिग्री, छ जना एलएलबी, तीन जना एमबीए, नौ जना ब्याचलर आए । हामीकहाँ योग्यता सोध्नु हुन्न भनिन्छ । ३१ वर्षमा अर्को सम्भ्रान्त देश अमेरिकामा छ जना मात्र राष्ट्रपति भएछन् । यहाँ मन्त्री भएकालाई राजदूत बनाइन्छ । स्नातक हुनुपर्ने योग्यता माग भए अदालतमा मुद्दा जान्छ । शिक्षाप्रतिको यो बेइमानी हो । मलेसियमा सुल्तानीहरूले राज गर्दा महाथीरले सांसद हुन स्नातक हुनुपर्ने नियम बनाए ।

सिंगापुरलमा लि क्वानले समृद्धिको आधार तय गरे । झन्डै सय वर्ष बाँचे, बूढो भएर के गर्नु, बुद्धि तगडा र जवानै रहेछ । हालको संयुक्त सरकारका प्रम एक्लै ५ पटकका, ज्योतिषले उनलाई सात पटकको भविष्यवाणी, जेजे सोर्सफोर्स जुटे पनि नेपालीको मन भने दुखेकै छ । हामीकहाँ न मूल कानुन संविधान मानियो, न कानुनी राजको कुरा, न सल्लाहकारको सल्लाह नै मानियो । अदालती सलामा समेत स्वेच्छाचारी र बद्नियत भनिएको हो । सुशासनको सुगा रटाइले के हुन्छ ? कोभिड महामारीमा जनतालाई चुनावी कार्यमा होमिन प्रयत्न गराइएको हो । डेढ वर्षपछि धकेलिएर उही अनुहारको नवीकरणका लागि वातावण फेरि अहिले तात्न लागेको छ ।

देशमा नेता उत्पादनको कारखाना बढेको छ । नाना, छाना र खानाका उत्पादन विदेशबाट आउँछ । सत्ता स्वार्थको भिड सडकमै देखिन्छ । पानी जहाज र रेलको गफ यहीँ चल्छ । आएको मेलम्ची उद्घाटनमा सीमित हुन्छ । दलभित्र शक्ति सन्तुलनको अभाव छ, त्यसको परिणाममा अकालमा संसद् भंग हुन्छ । बल्ल बिउँझिए पनि हानथापले नाराबाजीमा सीमित हुन्छ । अध्यादेशबाट सबै काम हुन्छ । पहिले पहिले ठूला व्यक्तिहरूले पढेका भानु स्कुल बनाइदिन विदेशी आउँछन् । सहर जोड्ने पुल बनाइदिन पनि विदेशी आउँछन् । छानो नभएको सरकारी स्कुलमा धेरथोर पढेकाहरू करोडौं मूल्यको हेलिकोप्टर चढ्छन् । आडैमा हेलिप्याड चाहिन्छ । यहाँ एक्लै खाए घुस बन्छ, २÷४ जना मिलेर खाए दस्तुर । तलमाथि सबैले खाए सेटिङ । एकदुई वटा बन्दुक पड्काए ज्यानमारा । एक दर्जनमा योद्धा, सयमा विद्रोही, हजारमा क्रान्तिकारी भन्ने चलन छ । यहाँ सुशासन सिकाउन नर्वे र स्विडेन, चीन, भारत आउनुपर्छ । धान, चामल, औषधि दिन पनि विदेशी, बिजुलीको पोल हाल्न अमेरिका नै चाहिन्छ । यहाँका किशोर, किशोरी भने खाडीमा । यस्तै छ यहाँको चलन । समय यस्तो पनि थियो प्राज्ञिकबिना पनि देश चल्थ्यो । राष्ट्र निर्माता पृथ्वीनारायणले पढेका थिएनन् । उनी ल्याप्चे हुन् तर विचार बलियो थियो । हतियार चलाउन जान्दथे । वरिपरि प्राज्ञिक व्यक्तित्वहरू थिए । बौद्धिक व्यक्तित्वहरूले रायसल्लाह दिन्थे ।

उनी र उनका पुत्रका पालाको देश अहिलेको सिमानाभन्दा तेब्बर थियो । जंगबहादुर पनि खासै पढेका मान्छे होइनन् तर उनको साहस अदम्य थियो । उनी बाघसँग लड्न सक्ने, विदेशीसँग टक्कर लिन सक्ने धरहराबाट हामफाल्न सक्ने थिए । उनका औपचारिक श्रीमती नै ४२ जना, धेरै कम उमेरका प्रम, युद्धकला र घोडचढी मनपर्ने, सिकार, बन्दुकको बन्दोबस्त गरिरहनुपर्ने, बम्बैबाट एकैपल्ट ३० वटा घोडा मगाएका, धरहराबाट हामफालेका, हात्तीलाई कुल्चाएका, बेलायत भ्रमण गर्ने पहिलो प्रम, लगातार एक वर्ष त्यहीँ बसेका, बाँके बर्दिया फिर्ता गर्ने, मामा माथवरसँगको बेमेल, माथवर प्रम भएका बखत उनी मपस मात्र, पछि माथवरको हत्या, कोतपर्व रचाई शक्तिशाली भएर १ सय ४ वर्षीय राणा शासनको उदय गराउन सफल, भतिजलाई बिनाकसुर फाँसी दिने, भतिजकी पत्नी सती जाँदा तिमी शक्तिशाली बन्नेछौ भनेकै आधारमा पूmर्ति बढाएका उनले भाइ भारदारका लागि लामो समय सत्ता टिकाउन प्रेरणा दिने जंगबहादुरको साहस अचम्मको थियो, त्यही विरासत बोकेका हामी ।

यहाँ एक्लै खाए घुस बन्छ, २/४ जना मिलेर खाए दस्तुर, तलमाथि सबैले खाए सेटिङ


यहाँ सहरमा बस्ने नेतालाई जिमखाना चाहिन्छ, विदेशी शैलीको शौचालय र कार्पेट अनि चिल्ला कार, सुरक्षाकर्मीले निवासमा पहरा दिन्छन्, बुट लगाएर खाना खाइन्छ, सकेसम्म विदेशी मिनरल वाटर । गाउँमा बच्चाहरू हिलो मैलोमा लडीबुडी गर्छन् । सिटामोल छैन, तुलसीको मोठले सुरक्षा दिन्छ । घर लडेर मान्छे स्वाहा हुन्छन् । बाढी र पहिरो कतै हावाहुरी र चट्यांगको मारमा पर्छन् । तातो चिसो एसीको शब्द त्यहाँ सुन्न पाइँदैन । जुत्ता फुकालेर श्रीमतीले दिएको खान खान्छन् । ब्वाइफ्रेन्ड र गर्ल फ्रेन्ड’bout चासो छैन तर मोबाइलले अहिले ठूलै धोका दिन थालेको छ । चुनाव आउँदा नेताजीहरू यहाँको बेरोजगारी अन्त्य गर्ने भन्छन् । डीभी परेर विदेसिँदा भने अलिकति बेरोजगारी घट्ने हो । विदेशमा पनि गएर काम खोज्ने हो । यहाँ रक्सी धेरै बिक्री हुन्छ । जडीबुटी उद्योगका सम्भावनामा ध्यान गएको छैन ।

गाउँमा तिहुन, तरकारी, दुध, दही एँचोपैँचो चल्थ्यो पहिले । अब, पुरानो संस्कृतिमा विकृति आएको छ । मान्छेको स्वभाव परिवर्तन भएको छ । गाउँमा अभैm पनि धर्म संस्कार केही बाँकी छ । सहरमा संसद्मै टाइ संस्कृति चलेको छ । राष्ट्रिय पोसाकमा गर्व छैन । यहाँ कार्यकर्ता होइन, असली जनताको खाँचो छ । राष्ट्रियताभन्दा दल ठूलो हुन्न । नयाँ संविधान, संघीयता र गणतन्त्र जनताका लागि मृगमरिचिका हो, विदेशीको दबाब र प्रभाव अनि प्रलोभन हो । अमेरिकामा ४ करोड गरिब छन् जनजीविका असहज छैन । कृषि पढेका छन्, किसानको पहिचान छ । ५÷६ वर्षको उमेरमा मात्र औपचारिक शिक्षाको आरम्भ हुन्छ । शिक्षा कक्षा १२ सम्म निःशुल्क र अनिवार्य छ । सरकारी विद्यालय नामी छ । त्यहीँबाट विज्ञहरूको उत्पादन हुन्छ । ३३ करोड जनसंख्या भएको यो देश पछि पत्ता लागेको हो । जहाँ, ५ हजार हवाईजहाज आकाशमा नियमित उडिरहन्छन् । दुईपटक कार्यकाल बिताएका राष्ट्रपति ओबामा अहिले पनि छोरी पढाउन जागिर खान्छन् । प्लास्टिकका कुर्सीमा बसेर रेस्टुराँमा चिया, नास्ता खाँदै गरेको भिडियोहरू देख्न सकिन्छ । हाम्रालाई यत्रो सोख र सुरक्षा किन ?

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी