महोत्तरीमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास

Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन् ।

शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मटीतेल खन्याएर आगो लगाएका हुन् ।

शनिबार राति भएको घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा फरार छन्। वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना