थप १०९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै एक जना संक्रमितको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब