सिकाइ मानव जीवनको अति महत्वपूर्ण अंग वन्नु पर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिकाइ मानव जीवनको अति महत्वपूर्ण अंग वन्नु पर्ने बताएका छन् ।

बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले अध्ययनशील हुनुपर्ने र पाठ्य संस्कृतिलाई प्रवर्धन गर्नुपर्ने बताए ।

नेपालले सिकेका सिध्दान्त , ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्ने भन्दै स्कुल विभागले संचालन गरेका यस्ता कार्यक्रमहरूलाई प्रदेश र जिल्ला नगर ,पालिका तहसम्म पुर्याउनु पर्ने धारणा समेत राखे । अध्यक्ष नेपालले भने ‘कम्युनिष्टहरू भनेकै सङ्घर्षबाट नआतिने भएकोले देश र जनताको हितका निम्ति समर्पित हुन सबैलाई आग्रह गर्छु ।’

नेपाली राजनीतिमा व्यक्तिवाद हावी भएको भन्दै कुकर्म षड्यन्त्र जालझेल, पैसा ,स्वार्थपूर्तिका कामबाट मुक्त भएर रुपमान्तरीत हुनुपर्नेमा सबैले जोड दिनुपने बताए । आज पनि कम्युनिष्ट पार्टी वाहेक अन्य पार्टीबाट जनताले आशा र अपेक्षा नगरेको भन्दै अध्यक्ष नेपालले सिध्दान्त र आदर्शप्रति समर्पित हुन कार्यकर्ता र नेताहरुलाई आग्रह गरे । कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनका ६५ जना बढीको सहभागिता रहेको स्कुल विभागका सचिव अशेष घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी