काठमाडौं । नेपाली चलचित्र तथा नाट्य क्षेत्रमा चार दशकदेखि निरन्तर योगदान दिएको भन्दै अग्रज अभिनेता कृष्ण मल्ल काठमाडौंमा सम्पन्न दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड समारोहमा दीर्घ साधना सम्मान २०७९ बाट सम्मानित भएका छन् । विभिन्न ७० विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको सो कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मल्लसहित विभिन्न श्रष्टालाई कार्यक्रममा सम्मानित गरेका छन् ।
समारोहमा अग्रज पत्रकार ऋषि धमलालाई पत्रकारिता रजत सम्मान, संगीतकार तथा गायक चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान र सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई नारीरत्न सम्मानबाट प्रचण्डले सम्मानित गरे । चलचित्र निर्देशक लेखक माधवराज खरेल, इभेन्ट निर्देशक निशुकान्त झा, राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापा, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, हेयरस्पेशलिस्ट रिना अवालेलगायत पनि प्रचण्डबाट सम्मानित भए ।
समारोहमा आधुनिक गायन तर्फ गायक थानेश्वर गौतमले बेचेर सपना गीतबाट उत्कृष्ट आधुनिक गायक रानी शाक्यले धेरै प्रश्न गीतबाट उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट गजलको अवार्ड श्रीभक्त पौडेलले, गीतकारको अवार्ड पारसमणी बरालले, महिला गीतकारको अवार्ड प्रभा बर्तौलाले, एरेन्जरको अवार्ड आमोश तामाङले, नव गीतकारको अवार्ड ताराप्रसाद शर्माले हाँसिल गरे ।
म्युजिक भिडियो तर्फ आधुनिकमै भिडियो निर्देशकको अवार्ड प्रहिल कार्कीले, युजिक भिडियो महिला निर्देशकको अवार्ड तेनयाङ राना सरुले आधुनिक नब प्रतिभाको अवार्ड सृजन त्रिपाठीले हाँसिल गरे । उत्कृष्ट युगल गायनको अवार्ड बरको शीतल गीतबाट सीता केसी÷मदन केसीले हाँसिल गरे ।
राष्ट्रिय भावको गीत तर्फ राष्ट्रिय भावको युगल गीत अवार्ड प्रेम सेन्चुरी र डेजी बराइलीले, राष्ट्रिय भावको उत्कृष्ट गीतको अवार्ड कल्पना आङ्बुहाङले, राष्ट्रिय भाव गीतको भिडियो निर्देशक अवार्ड सन्त कुमार राईले, राष्ट्रिय भावको गीतको भिडियो मोडल अवार्ड रोमियन लिम्बू केसीले, राष्ट्रिय भावको पपुलर भिडियोको निर्देशक अवार्ड रोशनी केसीले प्राप्त गरिन् ।
चलचित्र तर्फ अभिनेत्रीको अवार्ड चलचित्र प्रेमकहानीबाट नायिका सुष्मा कार्कीले, छोटो उमेरमा उत्कृष्ट सबटाईटल गरेबापतको क्रिटिक्स अवार्ड चलचित्र डाक्टर खातेबाट डा.आयुष्नोभा ढुंगानाले, पाश्र्व गायन तर्फ गायकको अवार्ड शंकरलाल श्रेष्ठले प्रञ्च गरेर प्राप्त गरे । यस्तै चलचित्र तर्फ उत्कृष्ट हास्य अभिनेताको अवार्ड महादेव त्रिपाठीले, टेलिसिरियल तर्फ हास्य अभिनेताको अवार्ड गाह्रो छ हो सिरियलबाट बेगम नेपालीले, हास्य अभिनेत्रीको अवार्ड हर्के हल्दारबाट अनुमति नेपालीले, उत्कृष्ट कलाकारको अवार्ड जस्तो हामी उस्तै समाज सिरियलबाट जीवन बल्कोटीले हाँसिल गरे । चलचित्र मेकअप तर्फ उत्कृष्ट अवार्ड गीता पौडेलले हाँसिल गरे ।
लोकपप तर्फ गायनको अवार्ड मानसराजले, लोकदोहोरी तर्फ गायकको अवार्ड टेक अधिकारीले, लोकदोहोरी गायिकाको अवार्ड सबिना मगरले, लोकदोहोरी शब्दको अवार्ड लक्ष्मण विश्वकर्माले, पपु लोकदोहोरी गीतको अवार्ड शीरफूल शीरकोबाट रविन लामिछानेले हाँसिल गरे ।
लोकदोहोरी नव गायक यज्ञ वि.कले, नव गायिकाको अवार्ड सुनिता नेपालीले, म्युजिक भिडियो मोडलको अवार्ड स्माइल धितालले, नवमोडलको अवार्ड ईश्वर बाबु र समीक्षा भुजेलले प्राप्त गरे । यस्तै काठे गीत लयको अवार्ड राम स्याङ्तानले, काठे गीत गायनको अवार्ड सन्तोष गिरीले र वाद्यवादकको अवार्ड धनबहादुर गुरुङले हाँसिल गरे ।
यस्तै सौन्दर्यकला तर्फ उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड दुर्गा बिष्टले, आइलेसेस एक्स्टेन्सन एण्ड माइक्रो ब्लेडिङको अवार्ड ब्युटिसियन सकुन्तला अवालेले, हेयरस्टाइ, शोभा महर्जनले हाँसिल गरिन् ।