एक वर्षमै १२ खर्ब १० अर्ब रुपैयाँको मोबाइल बैंकिङबाट भुक्तानी


काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आप्mना सेवाहरू सरल तरिकाले उपलब्ध गराउन छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् ।

जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरूको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षभरि मोबाइल बैंकिङबाट मात्रै १२ खर्ब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन १ गतेदेखि असार मसान्तसम्म मोबाइल बैंकिङ सेवाको प्रयोग गरी सेवाग्राहीले उक्त भुक्तानी गरेका हुन् ।

यस अवधिमा मोबाइल बैंकिङबाट १८ करोड १५ लाख ४५ हजारपटक भुक्तानी भएको देखिन्छ । १ वर्षमा मोबाइल बैंकिङमार्फत भएको झुक्तानीलाई महिनागत तुलनामा हेर्दा सबैभन्दा बढी भुक्तानी असार महिनामा भएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार असार महिनामा मात्रै मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यस्तो भुक्तानी अघिल्लो महिना जेठमा भने जम्मा १ खर्ब २१ अर्ब रुपैयाँमा सीमित थियो । यसरी हेर्दा प्रत्येक महिना मोबाइल बैंकिङमार्फत हुने भुक्तानी बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षभरि क्यूआर कोडमार्फत ९४ अर्ब ५० करोड ८० लाख, वालेटमार्फत १ खर्ब ८४ अर्ब र इकमर्सका लागि ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

यसले सरकारको नगद करोबार हटाउने अभियानलाई निकै साथ दिएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा