गौडेललाई ‘गजल प्रतिभा’ पुरस्कार

पोखरा । ‘गजल प्रतिभा पुरस्कार २०७९’ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ ।

गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । गजल सन्ध्याका पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्वअध्यक्षद्वय रुपीन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित पुरस्कार मोती जयन्तीका अवसरमा प्रदान गरिँदै आएको छ । एक वर्ष ‘गजल प्रतिभा पुरस्कार’ र अर्को वर्ष ‘गजल प्रतिभा सम्मान’ अर्पण गर्दै आएको पुरस्कार यसपटक गौडेललाई आगामी ११ भदौमा प्रदान गरिने भएको छ ।

स्याङ्जा अर्जुनचौपारीमा २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयली’ नामक गजलसंग्रह २०६४ मा प्रकाशित भएको थियो । अनाममण्डलीका पूर्वमहासचिव गौडेल शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील छन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी बलद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद