संखुवासभा । संखुवासभा प्रहरीले जवरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन बर्षपछि पक्राउ गरेको छ । जवरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका –१ का २३ बर्षीय महेन्द्र लिम्बुलाई तीन बर्षपछि पक्राउ गरेको हो । अभियुक्त लिम्बुलाई तीन बर्षपछि चैनपुर –४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिए ।
१५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत बिराटनगर धनकुटाले १८ बर्ष कैद सजायसँगै १५ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए । उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मंसिर २९ गते इजलासले १८ बर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको थियो ।
१५ वर्षीया बालिकालाई आरोपित लिम्बुले २०७६ असोज १ बलात्कार गरेको भन्दै ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा पीडित उजुरी दिएका थिए । पक्राउ परेका लिम्बुलाई प्रहरीले सोमबार जिल्ला अदालमा बुझाएको छ ।






