हरितालिका तीजः भुल्दै यथार्थ संस्कृति, भित्रिँदै विकृत्ति

ललितपुर । हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तीज मंगलबार मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाले तीजका दिन पानी समेत नपिइ आफ्ना पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुन्छन् । यसको यथार्थ संस्कृति भुल्दै गएका छन् भने यस पर्वको आडमा विकृति भित्रिँदै गएको छ ।

हरितालिका तीजको पूजा, दिनभर व्रत बसी साँझपख गरिने कर्मकाण्डज्ञाता एवं पण्डित माधवप्रसाद शर्माले बताए । दियो कलश गणेश थापी बीचमा बालुवाको शिव लिंग बनाएर अथवा शिव पार्वतीको मूर्ति राखेर पूजा गर्ने चलन रहेको उनले बताए । कतै कतै कलशमाथि थाली राखेर ओमकार लेखी पूजा गर्ने पनि चलन छ ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । ‘शिव पुराणमा उल्लेख भएअनुसार पार्वतिको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीले लुकाएर जंगलमा लगेको र पछि त्यहींबाट व्रतको सुरुवात भएको संंस्कृतिविद् डा. वीणा पौडेल बताउँछिन् । हरितालिका तीजको प्रसंग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर व्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो । जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथी भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान् विष्णुसँग पार्वतीले विवाह गर्न नमानेपछि साथीले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।

तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् । पहिले पहिले माइतीमा चेलीको भेट त्यत्ति नहुने भएकाले तीजमा बढी माइत जाने गरिएको स्मरण ७५ वर्षीय कालि आचार्य गर्छिन् । ‘पहिलेभन्दा तीजमा धेरै परिवर्तन आएको छ, झट्टपट्ट व्रत बस्छन्, निराहार बस्दैनन् फलफूल, दूध, पानी प्रशस्त खान्छन्, उनले भनिन्र्, अहिले माइत जान तीज नै कुर्न पर्दैन, घर व्यवहारका संघर्षका कुरा पोख्न तीज चाहिन्थ्यो ।

हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथलगायत विभिन्न शिवालयमा भक्तजनको घुइँचो लाग्नेगर्छ । त्यस्ता, ठाउँमा महिला भेला भई सांगितीक एवं नाचगानको कार्यक्रम गर्ने गर्छन् । तीजका दिन कोटेश्वरको कोटेश्बर महादेव , भक्तपुरको डोलेश्र , सांगाको महादेब, ललितपुरका तिलेश्वर , कालेश्वर र सन्तानेश्वर महादेवका मन्दिरका साथै सतिदेवीका अंग पतन भएका शक्तिपीठ र आराध्यदेव महादेवका मन्दिरमा भक्तजको भीड लाग्नेगर्छ ।

दियोकलश गणेश थापी माझमा थालीमा शिव–पार्वती सम्झेर साँझ हरितालिकाको पुूा लगाउने चलन छ । तीजको व्रत भने भोलिपल्ट गौदान र पुर्णपात्रो गरेपछि मात्र पुर्ण हुने विश्वास गरिन्छ ।

हरितालिकाको पर्सिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ । पञ्चमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यस दिन व्रतसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ । यसदिन विहानै महिलाहरूले ३ सय ६५ वटा दतिवन पनि लगाउने गर्छन् ।

महिला अधिकारकर्मीहरू तीजलाई आत्मनिर्णयको अधिकारका निम्ति लडाइँका रूपमा मान्ने गरेका छन् । पछिल्लो समयमा गहनाको प्रर्दशनीले गर्दा केही तीजमा विकृति देखीपनि यो सामाजिक सद्भाव फैलाउने चाड भएको महिला अधिकारकर्मीको भनाइ छ । तीजमा विकृति भित्रिएका धेरैले अनुभव गर्न थालेका छन् । विगतमा हरितालिकाको एक दिनअघि मात्र दर खाने गरिए पनि पछिल्ला वर्षमा राजधानीलगायत मुख्य सहरमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ । भड्किलो खर्च गर्ने र गहनाको प्रर्दशन गरेर रत्यौली प्रवृत्तिका र हिन्दी गित संगितमा रमाउनाले संस्कतिमा विकृति फैलिएको संस्कृतिविद्को दुखेसो छ ।

दर खाइयो
विभिन्न मिठामिठा परिकारको साथमा आइतबार दर खाइएको छ । आफ्ना दुःख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तीजको अवसर पारी नेपाली महिलाले दर खाएका हुन् । भाद्र शुक्ल द्वितीयाका दिन दर खाने चलन छ ।

दर खाने दिनबाट हरितालिका तीज सुरु भएको मानिन्छ । टाढाटाढा रहेका चेलबेटीहरू माइतीघरमा भेला भएर वा आप्mनै घरमा रहेर खीर, गुँद , हलुवा ,ढकनी, घ्यु दही दुध मिठाइ, फलफूल लगायतका मिठा परीकारको दर खाने चलन छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई ताकत दिने खालका खाद्यान्नको दर खाने चलन रहेको बुढापाकाको भनाइ छ ।

हरितालिका तीजका बेला पानी पनि नखाई व्रत बस्ने र त्यस दिन महिलाले नाचगान पनि गर्ने भएकाले शक्ति आवश्यक हुने भएकाले गुलियाँ र शरीरमा पूmर्ति दिने खालका वस्तु सेवन गरिन्छ । कतैकतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कति ठाउँमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलालाई श्रीमान दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान